विप्लव नेकपा नवलपरासीका जिल्ला सदस्य सापकोटा पक्राउ

मोहन सापकोटा

पुस २५, नवलपरासी । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पश्चिम नवलपरासी जिल्ला सदस्य मोहन सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

बर्दघाट नगरपालिका–४ बस्ने २६ वर्षीय सापकोटालाई शुक्रबार बिहान सरावल गाउँपालिकाको तिलकपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिसपी विरेन्द्र थापाले जानकारी दिए ।

उनीमाथि दुई वटा घटनामा अभियोग लगाई सांगठनिक अपराध मुद्दामा कारबाही प्रकृया अघि बढाइएको डिसपी थापाले बताए ।

२५ पुष २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको