विप्लबका कार्यकर्ता भएको आरोपमा ३ युवा पक्राउ

फोटो क्रमस: लोकेन्द्र राई, हिट्टान मगर

पौष २५ , कास्की । कास्कीमा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको अरोपमा तीन जनालाई गिरफ्तार गरेको छ । पोखरा – १४ नयाँ वस्तिबाट घरमा बसिरहेका शुक्रबार विहान ४ बजे तिर उनीहरुलाई गिरफ्तार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

पक्राउ पर्नेमा लोकेन्द्र राई, हिट्टान मगर र बिकास सुनार रहेका छन् ।

प्रहरीले प्रकाउ गरेका ३ नै युवा सामान्य मजदुरी गर्दै आएका थिए । परिवार स्रोतले दिएको जानकारी अनुसार बिकास सुनार नयाँ बस्ती टोलका पुर्व अध्यक्ष हुन भने अहिले उनी पदयात्रामा भरीया काम गर्दै आइरहेका थिए। अर्का युवा चट्टान हिताना र लोकेन्द्र राई पनि सामान्य रंगरोगन र मजदुरी गर्दै आएको बताए।

२०७६ पुष २५,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको