दाङमा मोटरसाइकल दुर्घटनामा परी ४ जना घाइते

फाइल तस्बिर

कात्तिक २४, दाङ । दाङका विभिन्न ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

सोमबार विहान साढे ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गुल्म चोक स्थित तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा ५ प ६८६३ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिंदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

घाइते हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका वडा नं. ४ हस्नापुर निवासी ३३ वर्षीय भुव बहादुर विक र मोटरसाईकलको पछाडी सवार सोही ठाउँ निवासी ४६ वर्षीय सर्वजित विक घाइते भएको हो । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका – ६, हात्तीखौवामा बिजौरीबाट तुलसीपुर आउदै गरेको रा ३ प ९१९४ नंं को मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको रा ५ प ४००३ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिदा मोटरसाइकल चालक घाइते भएको प्रहरीले बताएको छ ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुर निवासी १९ वर्षीय विर बहादुर नेपाली घाइते भएका छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

यसैगरी तुलसीपुरको भमकेखोलामा जिपले ठक्कर दिदा मोटरसाईलक चालक घाईते भएका छन् ।

तुलसीपुरबाट बालापुर तर्फ गइरहेको रा१ज ५३६ नम्बरको जीपले विपरितदिशाबाट आइरहेको अन्टेष्ट मोटरसाईकललाई ठक्कर दिदा मोछरसाईकल चालक शान्तिनगर गाउँपालिका–२ सुनडबरी निबासी २६ बर्षका नरबहादुर खड्का घाईते भएका छन् ।

घाईतेको सिटी हस्पीटल तुलसीपुरमा उपचार भइरहेको छ । उनको गुप्ताङ्गमा चोट लागेको प्रहरीले जनाएको छ ।

२४ कार्तिक २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको