दाङमा कर्तव्य ज्यान मुद्धा फरार अभियुक्त १६ वर्ष पछि पक्राउ


कात्तिक २४, दाङ । दाङमा कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई प्रहरीले १६ बर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ बस्ने ४७ बर्षिय लिलाधर भण्डारी रहेका छन् । उनी विरुद्ध सर्वोच्च अदालतले २०६१/१२/२९ गते कर्तव्य ज्यान मुद्धामा दोषी ठहर गदै पााच वर्ष कैद सजाय फैसला गरेको थियो ।

भण्डारी सोहि मिति देखी फरार भएको र लुकीछिपि बस्दै आएका उनलाई आईतवार कटाहाबाट पक्राउ गरिएको हो । पक्राउ परेका भण्डारीलाई सोमवार दाङ देउखुरी जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

२०७७ कार्तिक २४,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको