ओली सरकारले अस्थिरता र भ्रष्टाचारबाहेक केही दिन सकेन: प्रकाशमान सिंह


कात्तिक २४, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले अस्थिरता र भ्रष्टाचारबाहेक केही दिन नसकेको बताएका छन् ।

कोरोना संक्रमण महामारीबा बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको र समस्यामा परेका भोका व्यक्तिलाई खाना खुवाउँदा पनि महानगरबाट अवरोध पुर्‍याएको भन्दै उनले सरकारको आलोचना गरेका हुन्।

गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा नेता सिंहले सरकारले अस्थिरताबाहेक केही दिन नसकेको आरोप लगाएका हुन्।

‘यो सरकारले अस्थिरताबाहेक के दिन सकेको छ? संघीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्ने म्यान्डेडअनुसार नेकपा अगाडि बढिरहेको छैन,’ उनले भने।

प्रधानमन्त्री ओलीले ठूला भ्रष्टाचार काण्डबारे ढाकछोप गरेको आरोप पनि सिंहले लगाए। ‘स्थिर सरकार दिन्छौं भनेर मन्त्री हेरफेर गरिरहनुभएको छ,’ उनले भने।

सिंहले ललितपुर महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह अस्पताल पुगेर आफ्नो एक महिना बराबरको पारिश्रमिक अस्पताललाई दिएका छन्।

२४ कार्तिक २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको