सरकार र डा. केसी पक्षबीचको वार्ता निष्कर्षविहीन, शनिबारदेखि निर्णायक आन्दोलन हुने


असोज २३, काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीचको वार्ता निष्कर्षविहीन भएको छ।

शुक्रबार साँझ ९ बजेदेखि सिंहदरवारमा बसेको वार्ता निष्कर्षविहीन भएको हो । डा.केसीको जीवन रक्षाका लागि सरकारले बेवास्ता गरेको र अन्त्यमा वार्ता निष्कर्षविहीन भएको डा.केसीका पक्षबाट वार्ता टोलीका संयोजक डा.जीवन क्षेत्रीले जानकारी दिए।

डा.क्षेत्रीले भने, ‘सरकारको नियत डा.गोविन्द केसीको जीवन गए जाओस् भन्ने जस्तो देखियो, अन्तिममा आएर शिक्षामन्त्रीले नै बेवास्ता गरिदिनुभयो ।’

अब केसीको जीवन रक्षाको लागि शनिबारदेखि निर्णायक आन्दोलन हुने क्षेत्रीले बताए ।

यसअघि बिहीबार पनि सरकार र डा.केसी पक्षबीच वार्ता भएको थियो । अन्ततः बिहिबार र शुक्रबारको वार्ता असफल भएको डा.क्षेत्रीले जानकारी दिए ।

दुवै पक्षबीच सहमतिका लागि मस्यौंदा तयार भएकाले शुक्रबार सहमति हुन सक्ने अपेक्षा गरिए पनि वार्ता सफल हुन सकेन । शुक्रबार बिहानै वार्तामा बस्ने भनिएपनि बेलुका ९ बजे मात्र वार्ता सुरु भएको थियो ।

डा. केसी २६ दिनयता अनसनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

 

२०७७ आश्विन २३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको