थप २०५९ जनामा कोरोना पुष्टि, देशभर कुन जिल्लामा कति थपिए ? [विवरणसहित]

फाइल तस्बिर

असोज २३, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा एक लाख ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६ जना रहेका छन् भने होम आइसोलेसनमा १५ हजार ८ सय ७७ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

काठमाडौं उपत्यकामा बिहीबार मात्र १ हजार १ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा मात्र दुई ८५, ललितपुरमा १६३ र भक्तपुरमा १३० जनामा संक्रमण पुष्टि भएको हो ।

हेर्नुस विवरण

२३ आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको