तुलसीपुर १३ का वडा अध्यक्ष न्यौपानको निधन


असोज २३, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेको निधन भएको छ ।

६५ वर्षीय न्यौपानेको शुक्रबार बिहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

निमुनिया भएको आशंकामा उनलाई परिवारका सदस्यले गाडीमा राखेर तुलसीपुरस्थित राप्ती प्रादेशकि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छोरा पोषण न्यौपानेले जानकारी दिए ।

छोरा पोषणका अनुसार उनलाई विगत केही दिनदेखि सामान्ने खोकी लागेको भएपनि अन्य कुनै समस्या थिएन । सामान्ने खोकी देखिएपछि तीन चार दिन अगाडि तुलसीपुरस्थित सिटी हस्पिटलबाट उपचार पछि घर फर्किएका थिए ।

त्यसपछि घरमै वडाध्यक्ष न्यौपानेले आराम गर्दै आएका थिए । शुक्रबार बिहान अलि अप्ठेरो हुन थालेपछि बुवालाई गाडीमा राखेर तुलसीपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको छोरा पोषणले जानकारी दिए ।

स्थानीयका बीच निकै लोकप्रिय वडाध्यक्ष न्यौपाने स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट अत्यधिक मतसहित निर्वाचित भएका थिए ।

२३ आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको