रोल्पामा एकैदिन तीन युवतीले गरे आ’त्मह’त्या

रोल्पा जिल्ला सदरमुकाम । फाइल तस्बिर

असोज २३, रोल्पा । रोल्पामा एकैदिन तीन युवतीले आ’त्मह’त्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता प्रहरी निरिक्षक शंकर खड्काका अनुसार जिल्लाका छुट्टाछुट्टै स्थानमा बुधबार तीन जनाले आ’त्मह’त्या गरेका हुन् ।

बुधबार रोल्पा नगरपालिका १० धबाङकी २२ वर्षिया आशा पुनले आफ्नै घरको बरण्डामा स’लको पासो लगाई आ’त्मह’त्या गरिन् । पुनलाई आ’त्मह’त्या गर्नुपर्ने बाध्यता किन सिर्जना भयो यस विषयमा प्रहरीले ब्यापक अनुसन्धान गरिरहेको छ ।

यस्तै बुधबार साँझ सुनछहरी गाउँपालिका वडा नं. ६ की २१ वर्षिया ममता घर्तीपुनले सुनिल स्मृति गाउँपालिका ५ क्वालीगाउँ स्थित माइती घरमा नाम नखुलेको बि’सादी सेवन गरिन् । तत्काल आफन्तले फेला पारी उपचारको लागि सुलिचौर लैजाँदै गर्दा बाटोमै उनको निधन भयो । उनका श्रीमान् साथमै रहको प्रहरीले जनाएको छ । तर के कारणले उनले बिष सेवन गरिन् र आ’त्मह’त्याको बाटो रोजिन् यस विषयमा रोल्पा प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसैगरी बुधबार साँझ लुंग्री गाउँपालिका ४ ठूलो नम्जाकी १७ वर्षिया पार्वती खड्काले आफू सुत्ने कोठाको बलोमा सल’को पा’सो लगाई झु’ण्डिएर आ’त्मह’त्या गरिन् । उनकी आमाले छोरीलाई झु’ण्डिएको अवस्थामा फेला पारी पा’सो फुकाई हेर्दा उनको मृ’त्यु भइसकेको थियो । किन र के कारणले उनले आ’त्मह’त्या गरिन् प्रहरीले यसको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ ।

यि त प्रतिनिधि पात्रमात्र हुन् । जिल्लामा आ’त्मह’त्या गर्नेहरुरुको संख्या दिनानुदिन बढ्दो क्रममा छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता प्रहरी निरिक्षक खड्काका अनुसार यस आर्थिक वर्षमा मात्र एक दर्जन बढीले आ’त्मह’त्या गरिसकेका छन् । पछिल्ला दिनमा जिल्लामा आ’त्मह’त्या ठूलो समस्याको रुपमा रहेको प्रहरी निरिक्षक खड्काको भनाइ छ ।

२३ आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको