साउन २५, नुवाकोट । आइतबार नुवाकोटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ५७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा विदुर नगरपालिकाको क्वारेनटाइनमा रहेका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरु ४६, १८ र २२ वर्षिय पुरुष रहेका छन् । जिल्लामा कुल संक्रमितमध्ये ३७ जना स्वास्थ्योपचारपछि निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जनारी दिए ।
सक्रमित मध्ये १३ जना त्रिशूली अस्पताल, एक जना खरानीटार अस्पताल र ६ जना काठमाडौंमा आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस