साउन २५, काठमाडौं । निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको छ । आइतबार सुनको मूल्य १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको मूल्य तोलामा १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा सुनको मूल्यमा ९०० रुपैयाँले गिरावट आएको हो ।
यसैबीच चाँदीको मूल्य भने बढेको छ । आइतबार चादी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च हो ।
प्रतिक्रिया दिनुहोस