अस्पताल चहार्दाचहार्दै मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि


साउन २५, वीरगन्ज — अस्पताल चहार्दाचहार्दै शुक्रबार राति मृत्यु भएकी वीरगन्जकी २० वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

वीरगन्ज महानगरपालिका–२ छपकैयाकी उनको शुक्रबार राति नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले उनलाई राति ११ बजे रिक्सामा राखेर उनलाई अस्पताल पुर्‍याएका थिए । विभन्न अस्पताल चहार्दा कुनैले पनि उनलाई भर्ना लिन मानेनन् । अन्त्यमा नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार शुरु गरिएको केहीबेरमै मृत घोषणा गरिएको थियो ।

नारायणीसहित वीरगञ्जका अधिकांश निजी अस्पतालले भर्ना नलिएकै कारण उनको मृत्यु भएको आरोप आफन्तजनले लगाएका छन् ।

२०७७ श्रावण २५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको