गोंगबुमा सुटकेसभित्र पुरुषको शव फेला, टाउको २ सय मिटर पर भेटियो !


साउन २५, काठमाडौं | गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र एक पुरुषको शव फेला परेको छ | शवको टाउको एक ठाउँमा र शरीर टुक्राटुक्रा पारेर अर्कै ठाउँमा फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार मृतक अन्दाजी ४०–४५ वर्षका पुरुष रहेका छन् |

गणेशस्थान नजिकै कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा टाउको फेला परेको थियो |

सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरेपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको घटनास्थल पुगेको थियो ।

घटनास्थलबारे प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ | घटनास्थलमा तालिम प्राप्त कुकुरको पनि प्रयोग गरिएको छ । शवको सनाखत हुन बाँकी रहको छ | शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको प्रहरीले जनाएको छ ।

२०७७ श्रावण २५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको