गंगादेव रोल्पामा हेलिप्याड निर्माण सम्पन्न


असार २५, रोल्पा । गंगादेव गाउँपालिका रोल्पाको सुख्खा ओढारमा नेपाली सेना द्वारा हेलि प्याड निर्माण सम्पन्न भएको छ । उक्त हेलि प्याड निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरेर, बुधबार एक कार्यक्रमका बिच गाउपालिकालाइ हस्तान्तरण गरिएको छ ।

खड्गदल गण रोल्पाका सह सेनानी अमिर लामाले बुझ बोदार्थको भर्पाइ गराएर गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीलाई हेलि प्याड निर्माणको फाइल हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष वीर बहादुर खत्री, गाउँपालिका उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सक्कलदेव यादव, वडा नम्बर २ का अध्यक्ष भुपाल दमाइ, वडा नम्बर ३ का अध्यक्ष जलेश कुमार केसि, वडा नम्बर ५ का अध्यक्ष मान बहादुर डागी, वडा नम्बर ६ का अध्यक्ष वीर बहादुर वली, वडा नम्बर ७ का अध्यक्ष तुल बहादुर घर्ती, सह सेनानी अमीर लामा, गाउँपालिका प्रेस सयोजक अशोक वली परिवर्तन लगाएतको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

प्राकृतिक बिपत्ति र आपतकालीन घटनाको उद्दारको लागि हेलि प्याड निर्माणको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय ५ नम्बर प्रदेशको ५ लाख बजेट बिनियोजन गरे सङगै जिल्ला प्रशासन कार्यालय रोल्पाले उक्त हेलिप्याड निर्माणको जिम्मा खडगदल गण रोल्पालाई दिएको थियोे ।

नेपाली सेनाले हेलि प्याड निर्माणको काम निर्धारित समयमा सम्पन्न गरेको प्रती गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले खडग दलगण रोल्पा र बजेट बिनियोजन गरेको प्रती आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाइ धन्यवाद व्यक्त गरेका थिए । उनले सेनाले गरेको निर्माणको कामबाट स्थानीयले पनि प्रेरणा लिनु पर्ने बताएका थिए । गाउँपालिकामा पहिलो पटक हेलिप्याड निर्माण भए पछि स्थानीयले खुसी व्यक्त गरेको गंगादेव गाउँपालिका रोल्पाका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिए ।

२५ असार २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको