प्रतिबन्धित नेकपाद्वारा गंगादेव रोल्पामा श्रद्धाञ्जली सभा सम्पन्न


असार २५, रोल्पा । प्रतिबन्धित नेकपा गंगादेवले श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । तत्कालिन नेकपा माओवादीका पार्टी सदस्य रहेका तथा गंगादेव – ३, कालाभिरका स्थानीय समाजसेवी नदिराम घर्तीको असार २२ गते ६५ बर्षको उमेरमा असामयीक निधन भएपछी बिहिबार श्रद्धाञ्जली सभा सम्पन गरेको हो । घर्तिले २०५४ सालमा पार्टी सदस्य प्राप्त गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी गंगादेवको आयोजनामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा नेकपा गाउँकमिटि इन्चार्ज किरणको प्रमुख अतिथ्यता रहेको थियो भने निधन भएका नदिराम घर्तिकी धर्म पत्नी कृष्णी घर्ति, जेठो दाई डब्बल बहादुर घर्ति र स-परिवार, बिद्रोही नेकपा सल्यानका जिल्ला कमिटि सदस्य टोप बहादुर डाँगी, सत्तारुढदल नेकपाका स्थानीय प्रतिनिधि बिष्णु खड्का र नेपाली कांग्रेसका स्थानीय प्रतिनिधि नारायण बुढाको आतिथ्यता रहेको थियो ।

श्रद्धाञ्जली सभालाई मृतकका साइला छोरा दिपक घर्तिले सभापतित्व गरेका थिए भने भतिज बिर बहादुर घर्तीले कार्यक्रमलाई संचालन गरेका थिए ।

मृतक नदिराम घर्तीको फोटोमा माल्यार्पण तथा अबिर ल्यापन कार्यक्रम संगै अतिथिहरुद्वारा शोक मन्तब्य राख्ने कार्य भएको थियो । प्रमुख अतिथि किरणद्वारा शोक मन्तब्य राख्दै सत्तापक्षको तिखो आलोचना गरेका थिए । उनले हालको ब्यबस्था आम सर्वसाधारणको लागि नभई आफ्ना आसेपासे र भरौटेहरुको दुनो सोझ्याउने भएको आरोप लगाएका थिए । भ्रष्ट जनप्रतिनिधिहरुले राज्यकोषमा रबैया मच्चाई रहेको र त्यसको हिसाव किताव समेत राखेको उनले जनाएका थिए ।

२०७७ असार २५,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको