सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढी : दुईको मृत्यु, १४ बेपत्ता


असार २५ , काठमाडौं । गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा कम्तिमा १४ जना बेपत्ता भएका छन् भने २ शव प्राप्त भएको छ । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् ।

राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले रातोपाटीलाई जानकारी दिए । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ ।

प्रदेश नं. ३ प्रहरी प्रमुख डीआईजी वसन्त लामाका अनुसार उनीहरुको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । घटनास्थलबाट तीन जना घाइतेलाई उद्दार गरिएको छ ।

उनीहरुलाई हेलिकोप्टरमार्फत जिल्लातर्फ ल्याउने प्रयास भइरहेको लामाले बताए । घटनामा अझै १४ जना बेपत्ता छन् । बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ ।

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।

२५ असार २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको