जेष्ठ २७, रोल्पा । रोल्पा गंगादेव गाउँपालिका ४ मा एक जनालाई आरडिटी रियक्टिभ भेटिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका २१ जना मजदुरहरुलाइ मंगलबार आरडिटि चेक गर्दा १ जना पुरुषलाई आरडिटी पोजेटिभ देखिएको हो ।
गंगादेव गाउँपालिकाका स्वास्थ्य प्रमुख त्रिभुवन घर्ती मगरका अनुसार एक जना व्यक्तिलाई आरडिटी रियक्टिभ देखिएपछी सबै २१ जनालाई पिसिआर टेष्टका लागि स्वाब संकलन गर्ने तयारी भैरहेको बताएका छन् ।
यसअघि गंगादेव ६ मा २ जनालाई आरडिटी रियक्टिभ भेटिएपछी उनीहरुको स्वाब संकलन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस