पछिल्लो २४ घण्टामा ३२३ जना संक्रमित थपिए, संक्रमितको संख्या ४ हजार नाघ्यो


जेठ २७, काठमाडौं | नेपालमा मंगलबार एकैदिन ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | संक्रमित मध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । यस्तै नेपाल कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ | चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा मंगलबार एक संक्रमितको मृत्यु भएको हो ।

मृतकलाई सोमबार साँझ मात्र नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सारिएको थियो ।

उनको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको महामारी मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

नेपालमा हालसम्म स्वास्थ्योपचारपछि ५८४ जना निको भएका छन् । आज मात्रै नेपालमा थप ९६ जना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन् । म‌ंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको स‌ंख्या ७२ पुगेको छ ।

२७ जेष्ठ २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको