विश्वमा कोरोना संक्रमितको संख्या ७२ लाख नाघ्यो, कति पुगे मृतक ? पछिल्लो विवरणसहित


जेठ २७, काठमाडौं | विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ९ हजार ९८६ जनाको मृत्यु भएको छ, भने ७२ लाख ११ हजार १४७ जनामा यो भाइरस संक्रमण भएको छ |

कुल संक्रमितमध्ये विश्वमा ३५ लाख ५० हजार ९२० जना स्वास्थ्योपचार पछी निको भएका छन् भने ३२ लाख ५१ हजार २४१ जना उपचाररत छन् | जसमध्ये ५३ हजार ७९० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ |

विश्वका २१५ देशमा फैलिएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ | यो समाचार तयार पार्दासम्म अमेरिकामा कुल संक्रमितको संख्या २० लाख २६ हजार ५९७ पुगेको छ | कुल संक्रमितमध्ये १ लाख १३ हजार ६१ जनाको मृत्यु भएको छ, भने ७ लाख ७३ हजार ५०५ जना स्वास्थ्योपचार पछी निको भएका छन् | पछिल्लो २४ घण्टामा १ सय ४ संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ |

अमेरिकापछि सबैभन्दा प्रभावित बनेको ब्राजिलमा हालसम्म ७ लाख १० हजार ८८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | यहाँ कोरोनाका कारण ३७ हजार ३१२ जनाले ज्यान गुमाइसकेका छन्, भने ३ लाख २५ हजार ६०२ जना स्वास्थ्योपचारपछि निको भएका छन् |

यस्तै रसियामा हालसम्म ४ लाख ८५ हजर २५४ जनामा कोरोना संक्रमण भएको छ | जसमध्ये २ लाख ४२ हजार ३ सय ९७ जना स्वास्थ्योपचारपछि निको भएका छन्, भने २४ ६ हजार १४२ जनाको मृत्यु भएको छ | पछिल्लो घण्टामा यहाँ ८ हजार ५९५ जना नयाँ संक्रमित थपिएका छन्, भने १७१ जनाको मृत्यु भएको छ |

स्पेनमा हालसम्म २ लाख ८८ हजार ७९७ जना संक्रमित भएका छन् | जसमध्ये २७ हजार १३६ जनाको मृत्यु भएको छ | यहाँ ६१७ जनाको अवस्था गम्भीर रहेको छ |

त्यसैगरी बेलायतमा हालसम्म २ लाख ८७ हजार ३९९ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने ४० हजार ४९७ जनाले ज्यान गुमाइसकेका छन् |

यस्तै छिमेकी मुलुक भारतमा हालसम्म २ लाख ६७ हजार २४९ जनामा कोरोना संक्रमण भएको छ भने कोरोनाकै कारण ७ हजार ४७८ जनाले ज्यान गुमाइसकेका छन् | पछिल्लो २४ घण्टामा भारतमा १ हजार ३२१ जना नयाँ संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ | यहाँ हालसम्म १ लाख २९ हजार २१५ जना उपचारपछि निको भएका छन् | भारतमा ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ |

इटाली
कुल संक्रमित -२,३५,२७८
मृत्यु- ३३,९६३
उपचाररत – ३४,७३०
निको भइसकेको – १६६,५८४

पेरु
कुल संक्रमित – १९९,६९६
मृत्यु- ५,५७१
उपचाररत -१०४,५६९
निको भइसकेको -८९,५५६

जर्मनी
कुल संक्रमित – १८६,२३३
मृत्यु- ८,७९२
उपचाररत – ७,२४१
निको भइसकेको -१७०,२००

इरान
कुल संक्रमित – १७३,८३२
मृत्यु- ८,३५१
उपचाररत -२९,१२१
निको भइसकेको- १३६,३६०

२०७७ जेष्ठ २७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको