पछिल्लो समय नेपालमा कृषिमा आधारित विभिन्न खालका व्यवसायमा आकर्षण बढेको देखिन्छ । वैदेशिक रोजगारबाट फर्किसकेपछि होस या नेपालमै केहि गरौँ भन्ने भावनाले होस युवा पिढिमा त अहिले व्यवसायिक कर्म गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको देखिन्छ । यसमा पनि कुखुरा पालन त झनै लोकपृय बन्दै गएको छ । हरेकको भान्सामा मासु नभईनहुने परिकार भएकोले पनि कुखुरा पालन व्यवसाय ह्वात्तै बढेको देखिन्छ । तर उचित ज्ञानको अभावमा लाखौँको लगानी लगाएर व्यवसाय शुरु गरेपनि सफल हुन नसकेपछि छोड्नेहरु पनि उललेख्य छन् ।
हचुवाको भरमा व्यवसाय शुरु गरेर त्यसका प्राविधिक पक्षमा ध्यान दिन सकिएन भने हामीले त्यस्तो व्यवसायमा हात नहाल्नु नै बुद्धिमानि हुन्छ । तर प्राविधिक ज्ञान, लगाशिलता र उचित लगानीमा हामीले व्यवसाय शुरु गरेमा हामी कहिल्यै असफल हुदैनौँ । कुखुरा पालमा पनि नेपालमा लोकपृय बनेको ब्रोइलर जातको कुखुरा पालनका प्राविधिक पक्षहरुबारे म केहि कुरा राख्न गइरहेको छु । यहाँ उल्लेख गरिएका प्राविधिक पक्षलाई केलाउने हो भने हामी ब्रोइलर पालनबाट मनग्ये आम्दानी लिन सक्छौँ । यहाँले पनि ब्रोइलर पालन गर्ने सोचमा हुनुहुन्छ वा गरिरहनुभएको छ यो सामाग्री यहाँहरुलाई पक्कैपनि उपयोगी हुनेछ ।
ब्रोइलर कुखुरा पालन गर्दा खोरको बनावट, खोरको तयारी, ब्रुडिङ व्यवस्थापन, पानिको शुद्धिकरण, सोत्तर व्यवस्थापन, खोप, जैविक सुरक्षा आदि बारे मसिनो तरिकाले ध्यान दिनुपर्छ । यि कुराहरुमा अलिकति पनि हेल्चेक्रयार्इँ गरेमा कखुरा पालनमा समस्या देखिन सक्छ ।
केहि समय यता कुखुरामा नेपाललाई आत्मनिर्भर भएको मानिन्छ । यसले नेपालको अर्थतन्त्रमा पछिल्लो दशकमा उल्लेखनिय योगदान दिदै आएको छ । बोइलर जातको कुखुरा पालनले न्यून तथा मध्यम आय भएका मानिसहरुको जिवनस्तर उकास्न महत्वपुर्ण भुमिका खेलेको छ । यो पेशाले थोरै जग्गा, कम लगानी तथा छोटो समयमा नै आयआर्जन गरी स्वरोजगार बन्न सहयोग गर्दछ । सामान्यतया ३५ देखि ४५ दिनको अवधिमा २ देखि किलोग्राम सम्मका कुखुरा उत्पादन गरी बजारीकरण गर्न सकिन्छ ।
ब्रोइलरको उत्पादन, वृद्धिदर र स्वास्थ्य अवस्था, मुख्य तथा यसले खाने पौष्टिकयुक्त दाना, उपयुक्त वंशानुगत क्षमता र वातावरणिय प्रभाव जस्तैः खोरको बनावट, जैविक सुरक्षा, व्यवस्थापन, खोप आदिमा निर्भर रहन्छ । ब्रोइलर कुखुरा पालन गर्दा खोरको बनावट, खोरको तयारी, ब्रुडिङ व्यवस्थापन, पानिको शुद्धिकरण, सोत्तर व्यवस्थापन, खोप, जैविक सुरक्षा आदि बारे मसिनो तरिकाले ध्यान दिनुपर्छ । यि कुराहरुमा अलिकति पनि हेल्चेक्रयार्इँ गरेमा कखुरा पालनमा समस्या देखिन सक्छ ।
खोरको बनावटः ब्रोइलर कुखुरा पालनका लागी पानिको राम्रो व्यवस्थापन भएको, बलौटे दोमट माटो भएको, जैविक सुरक्षायुक्त खोर राम्रो हुन्छ । जंगली चराचुरंगी, घरायसी जनावर र मानिसको आवतजावत कम हुने ठाँउमा खोर बनाउनु राम्रो मानिन्छ । खोरको मोहडा पुर्व पश्चिम फर्केको राम्रो हुन्छ । यस्तो भएको खण्डमा खोरमा घामपानि तथा हुरी बतासको समस्या कम हुन्छ । एउटा खोर देखि अर्को खोरको दुरी ३० फिट भन्दा बढि हुनुपर्छ । यसले खोरहरुमा हावा राम्रर िचल्नुका साथै एक खोरबाट अर्को खोरमा सहजै रोग सर्नबाट बचाउँछ ।
खोरको चौडाई २० देखि २२ फिट राख्नु उपयुक्त मानिन्छ । खोरको मध्यभागको उचाई १२ फिट हुनु राम्रो हुन्छ भने पर्खालको उचाई ६ फिट, खोरको उचाई भुइँदेखि २ फिट माथि हुनु पर्दछ । त्यसपछि ०.५ देखि १ फिट इट्टाको पक्की सानो वाल र माथिको पर्खालमा जालि लगाउनु पर्छ । खोरको छानामा टिन अथवा स्थानिय रुपमा उपलव्ध हुने खर, पराल आदि प्रयोग गर्न सकिन्छ । पर्खालदेखि छानो २ फिट वाहिर आएको हुनु पर्दछ ।
खोरको तयारीः खोरबाट कुखुरा हटाइसकेपछि अर्को कुखुरा राख्दा १५ दिन भन्दा बढिको अन्तर राख्नुपर्छ । खोरमा रहेका सवै दाना र पानिका भाडाहरु बाहिर निकाली खोरको भित्ता, जाली, छानो भुइँ, डोरी आदिलाई ब्रसको सहायतले सफा गर्नुपर्दछ । त्यसपछि खोरबाट सवै मल हटाइ माटोको भुइँ छ भने १ वा २ इञ्च माथिको माटो हटाइ नयाँ रातो माटो र गोवरको मल राखेर पानिले सफा गर्नुपर्दछ ।
एक हजार वर्गफिटको लागी २५ किलोग्राम चुना, ४ सय ग्राम व्लीचिङ पाउडर र २ लिटर मट्टीतेल १ सय लिटर पानिमा मिसाई २४ घण्टा सम्म नचलाइ राखेर अर्कोदिन १.५ लिटर फर्मालिन मिसाएर त्यसले खोर लिप्नुपदर्छ । खोर वरीपरी कम्तीमा १० फिटको क्षेत्रफल सफा गर्नुपर्छ । त्यसपछि केहि समय खोरलाई घाममा सुकाई प्लाष्टिकले दुवैतिरबाट छोप्नुपर्दछ । दाना र पानिका भाँडा, व्रुडर सफा गर्दा २ प्रतिशत कास्टीक सोडाको प्रयोग गर्नुपर्छ । प्लाष्टिकको सफा गर्दा शुरुमा साा पानिले सफा गरी अर्को दिन १.२ लिटर फर्मालिन ६० लिटर पानिमा मिसाई भिजाउनु पर्छ र त्यसपछि सुर्यको प्रकाशमा सुकाउनु पर्छ । पानिको ट्यांकी सफा गदाृ पहिले ट्यांकीमा भएका सवै भारपातहरु हटाइ ०.५ प्रतिशत व्लीचिङ पाउडरको घोल ट्यांकीमा रातभर राखेर भोलिपल्ट सादा पानिले सफा गर्नुपर्छ ।
पाइपलाईन सफा गर्दा चार भाग पानिमा त्यसको एक भाग हाइड्रोलिक एसिडको अनुपात मिलाएर बनेको घोललाई २४ घण्टा पाइपमै छोडेर अर्कोदिन सादा पानिले सफा गर्नुपर्छ । चल्ला हाल्नुभन्दा ४ दिन पहिले सय वर्ग फिट क्षेत्रफलको लागी ६० ग्राम पोटासियम परम्याग्नेट र १२० मिलिलिटर फर्मालिन मिसाई फ्युमिगेसन गर्नुपर्छ । चल्ला हाल्नु ४८ घण्टा पहिले खोरमा डिस्इन्फेक्टेन्ट छर्कनु पर्छ ।
ब्रुडिङ व्यवस्थापनः पहिलो ७ दिनमा व्रोइलर कुुखुराको व्यवस्थापन एकदमै महत्वपुर्ण हुन्छ । पहिलो हप्तामै कुखुराको रोग प्रतिरोधात्मक शक्ति उत्पादन गर्ने अंगको विकास हुन्छ । पहिलो हप्ताको लागी करिव ४ सय चल्लाको लागी १२.५ फिट डाइमिटर (व्यास), १.५ फिट उचाई बनाई टिनको पाताले घेरेर गोलो आकारको ब्रुडिङ बनाउनु पर्छ । त्यस भित्र ३ देखि ४ इन्च धानको भुस भिछ्याइ त्यस माथि ५ पत्र पुराना पत्रपत्रिका विछ्याउदा कुखुरालाई चिसोबाट जोगाउनका साथै दाना खुवाउन सजिलो हुन्छ ।
खोरमा चल्ला भित्र्याउनुभन्दा १२ घण्टा अघि ब्रुडरको बत्ति बाल्नुपर्छ भने ४ घण्टा अघि दाना र पानिको भाडा राख्नु पर्छ । खोरमा चल्लाहरु राति ११ बजेदेखि विहान ६ बजे सम्म राख्नु उपयुक्त हुन्छ । प्रयाप्त मात्रामा दाना पानि खान, चारै तिर कुखुराको वितरण हुन तथा तापक्रमको श्रोतको रुपमा खोरमा प्रकाशको उपयुक्त व्यवस्था हुनु पर्छ । एउटा कुखुराको लागी २ वाटको वल्व १.५ देखि २ फिटको उचाइमा हुनुपर्दछ । ब्रोइलर कुखुरालाई पहिलो हप्तामा ९५ डिग्रिी फरेन्हाइट, दोस्रो हप्तामा ९० डिग्री फरेन्हाइट गरेर तेस्रो हप्तामा ८५, चौथो हप्तामा ८०, पाँचौँ हप्तामा ७५ र ६ हप्ता माथि ६५ देखि ७० डिग्री फरेन्हाइट तापक्रम चाहिन्छ ।
एउटा कुखुराको लागी पहिलो हप्तामा ०.२५ देखि ०.३ वर्गफिट, दोस्रो हप्तामा ०.५ वर्गृ फिट, तेस्रोमा ०.७५, चौथोमा १ र सो भन्दा माथि १.२ वर्ग फिट क्षेत्रफलको आवश्यकता पर्दछ । खोरमा अक्सिजनमा मात्रा बढाउन तथा स्वच्छ हावा खोरमा गइ दुषित ग्याँसहरु हटाउन पर्खालको १÷२ हात माथि भेन्टिलेसनको लागी खाली ठाँउ छोड्नुपर्छ । कुखुरा खोरमा आइसकेपछि पहिलो २४ घण्टामा जति सक्यो धेरै दाना र पानि खुवाउनुपर्छ । पहिलो हप्तामा एउटा कुखुरा बराबर १ सय ७५ ग्राम दाना खुवाउनु राम्रो हन्छ । १ सय वटा कुखुराको लागी ३ वटा दाना र ३ वटा पानिको भाँडा हुनु पर्दछ । पहिलो हप्तामा जिवानुको संक्रमण बढि हुन सक्ने भएकोले सामान्य एन्टीवायोटिक इलेक्ट्रोलाइट भिटामिन खुवाउनु राम्रो हुन्छ ।
पानीको शुद्धिकरणः पानिबाट इकोलाइ साल्मोनेला जस्ता विषाणुहरु शरिरभित्र प्रवेश गर्न सक्ने भएकोले स्वच्छ श्रोतको पानि प्रयोग गर्नुपर्छ । पानिमा विषाणुको संक्रमण कम गर्न वाटर स्यानिटाइजर र एसिडिफायरको प्रयोग गर्न सकिन्छ । प्रति १० लिटर पानिमा १ मिलिलिटर वाटर स्यानिटाइजर र प्रति चार लिटर पानिमा १ मिलिलिटर एसिडिफायर प्रयोग गर्नुपर्छ । वाटर सयानिटाइजर सवै पानिमा प्रयोग गर्नुपर्छ भने एसिडिफायरलाई पानिको पिएचको आचारमा प्रयोग गनुृपर्छ । सामान्य तथा शुरुमा यसिडिफायर मिसाइ पानिलाई आधा घण्टा राखेर वाटर स्यानिटाइजर मिसाइ फेरि आधा घण्टा राखेर २४ घण्टा सम्म उक्त पानि खुवाउन सकिन्छ ।
सोत्तरको व्यवस्थापनः कुखुरा पालनमा सोत्तरको व्यवस्थापन एकदमै महत्वपुर्ण हुन्छ । यसको उचित व्यवस्थापन नभएमा कुखुरामा कक्सीडियोसीस, नेक्रोटिक इन्टेराटिस तथा सिआरडि जस्ता विभिन्न प्रकारका श्वासप्रश्वास सम्वन्धि समस्याहरु देखा पर्दछन् । अव्यवस्थित सोत्तरबाट एमुनिया कार्वनडाइअक्साईड जस्ता हानिकारक ग्याँसहरुले कुखुराको वृद्धिदर, प्रतिरक्षा प्रणालीमा ह्रास तुल्याई वृद्धिदर कम हुन्छ । ब्रोइलर पालन गर्दा एक लटमा २ पटक सोत्तर फेर्नुपर्दछ । दैनिक रुपमा सोत्तर चलाइ उपयुक्त हावाको प्रभाव हुनु पर्दछ । सोत्तरको चिसोपनाको मात्रा २५ देखि ३० प्रतिशत हुनु पर्छ । सोत्तरमा सुपरफोस्फेट १० किलो प्रति हजार वर्गफिटमा प्रयोग गर्नुका साथै चुनाको पनि प्रयोग गर्न सकिन्छ ।
खोपः खोप उपयुक्त कुखुरा व्यवस्थापन र सफल कुखुरा पालनका लागी अत्यावश्यक प्रकृया हो । यसले विश्वव्यापी रुपमा फैलिएका विभिन्न रोगहरुबाट कुखुरालाई बचाउने मात्र नभइ कुखुराबाट साना चल्लामा सर्ने रोगहरुको रोकथामसँगै प्रतिरक्षा शक्ति प्रदान गर्दछ ।
कुखुरामा जिवित, किल्ड, रिकविन्यान्ट गरी तिन प्रकारका खोप प्रयोगमा आउँछ भने ब्रोइलर कुखुरामा सामान्यतया जिवित खोप प्रयोग गरीन्छ । जसले तिव्र रुपमा शरिरमा प्रतिरक्षा प्रणाली विकास गरी उत्पादनमा सहयोग गर्दछ । खोपलाई २ देखि ८ डिग्री सेन्टिग्रेटमा राख्नुपर्छ । जिवित खोपलाई खोर सम्म ओसारपसार गर्दा आइस प्याकमा सँगै राख्नुपर्छ । ब्रोइलर कुखुरामा पानिको माध्यमबाट, छर्केर, आँखा वा नाकमा थोपा राखेर, पखेटाबाट, मासुमा सुईबाट आदि माध्यमबाट खोप लगाउन सकिन्छ ।
नेपालमा ब्रोइलर कुखुरामा एक दिनको उमेर मरेक्स÷रानिखेत एफ १ नाक र आँखामा लगाउन सकिन्छ । १४ दिनको उमेरमा गम्बारो इन्टरमिडियट (जिवित) नाक वा आँखामा लगाउनुपर्छ । २१ दिनमा गम्बारो इन्टरमिडियट (जिवित) पानीसँगै वा नाकमा लगाउनुपर्छ । भने २८ दिनमा रानिखेत एफ १ वा लासोटा पानीसँगै वा नाकमा लगाउनुपर्छ ।
कुखुराहरुमा चराचुरंगी, मानिसहरुको आवतजावत, खोरमा प्रयोग गरिने उपकरणहरु ह्याचरी, सोत्तर, गाडि, किराहरु, मुसाहरु, जनावर आदि माध्यमबाट रोग लगाउने किटानुहरु फैलन सक्छन् । जसको रोकथामको लागी वैज्ञानिक र योजनावद्ध व्यवस्थापन र कार्यान्वयन गनुृपर्छ । यसका लागी तिनवटा सुरक्षा तहहरु पार गर्नुपर्छ ।
जैविक सुरक्षाः जैविक सुरक्षा भनेको कुखुराको उत्पादन चक्रमा कुनै पनि प्रकारका रोग लगाउने किटानुहरुको प्रवश र फैलावट रोक्न अवलम्वन गरिने विधि हो । कुखुराहरुमा चराचुरंगी, मानिसहरुको आवतजावत, खोरमा प्रयोग गरिने उपकरणहरु ह्याचरी, सोत्तर, गाडि, किराहरु, मुसाहरु, जनावर आदि माध्यमबाट रोग लगाउने किटानुहरु फैलन सक्छन् । जसको रोकथामको लागी वैज्ञानिक र योजनावद्ध व्यवस्थापन र कार्यान्वयन गनुृपर्छ । यसका लागी तिनवटा सुरक्षा तहहरु पार गर्नुपर्छ ।
जैविक सुरक्षा अपनाउदा पहिलो खुट्किलो भनेको खोरमा आवतजावत कम गर्नु हो । खोरभित्र वाहिरबाट केहि पनि प्रवेश गर्न नदिनु हो । जसका लाग िबाहिरबाट आउने मानिसहरुलाई भित्र प्रवेस गर्न नदिने, अरु खोरमा आवतजावत नगर्ने, जनावर र चराचुरंगीलाई खोरमा प्रवेश गर्न नदिने, खोरमा फुटडिपको प्रयोग गर्ने, गाडि तथा मानिसहरुलाई स्प्रे गरेर मात्र छिर्न दिने, खोरभित्र छुट्टै कपडा र चप्पल प्रयोग गर्ने, नियमित हात धुने, मरेका कुखुरालाई उचित ठाउँमा गाड्ने गर्नुपर्छ । जैविक सुरक्षा अपनाउने दोस्रो खुड्किलो सरसफाई हो । पहिलो खुड्किलो पार गरेर खोर भित्र किटानु प्रवेश गरीहालेमा सरसफाईले ८० प्रतिशत सम्म संक्रमणबाट बचाउँछ । तेस्रो भनेको निसंक्रमण अर्थात औषधिको प्रयोग गरेर खोरलाई संक्रमण रहित बनाउनु हो ।
यसरी तपाँईले पनि यस्ता प्राविधिक पक्षलाई केलाउने हो भने हामी ब्रोइलर पालनबाट मनग्ये आम्दानी लिन सक्नुहुनेछ ।
pradipgiriveterinary@gmail.com
गिरि कुखुरा रोग विशेषज्ञ हुन् ।
प्रतिक्रिया दिनुहोस