पुँजीवाद विरुद्ध उभिएको कोभिड १९ (भाग -१)


आज सिंगो विश्व मानवजातिले प्राकृतिक महामारीको रुपमा देखा परेको कोभिड-१९ कोरनाको सामना गरिरहेको छ । आजक‌ै मितिको आँकडा हेर्ने हो भने विश्वभर झण्डै २ लाख ५८ हजार बढि कोभिडका संक्रमित बिरामिले ज्यान गुमाइसेका छन । लाखौं मान्छेहरुमा संक्रमण देखिएको छ । लाखौं मान्छेहरु आइसुलेन देखि क्वारेन्टीनमा रहेका छन । यसको संख्या  दिन प्रतिदिन तिब्र बढदो क्रममा छ । मेडिकल बिज्ञानमा आजको मिति सम्म कोभिड १९ को (भ्याक्सिन) पत्ता लागिसकेको वा बनीसकेको छैन । यसको ठोस (भ्याक्सिन) पत्ता नलाग्दासम्म कोरना भाइरस लाई पुर्णतः नियन्त्रण गर्न गाह्रो हुने कुरा संसारका ठुला बैज्ञानिकहरुले बताउछन । यसरी हेर्दा यस्तै अवस्था रहिरहे सिंगो मानवजाति र त्यसको अस्थित्व रक्षात्मक अवस्थामा नपुग्ला भन्न सकिन्न ।
कोरना कै कारण आज ठुल-ठुला पुजीवादी शक्ति राष्ट्रहरु पनि आक्रान्त बनेका छन । कतिपयले कोभिड १९ को महामारीलाई अघोषित तेस्रो बिश्वयुद्दको रुपमा विश्लेषण पनि गर्छन । विश्व सामु पूर्वीएसिया अन्तरगत उदयमान शक्ति राष्ट्र चिनको उहान प्रदेशबाट सुरु भएको कोभिड १९ आज सामाजिक आर्थिकरुपले सम्पन्न मानिएका अति विकसित, पुजीवादी उन्नत अभ्यास गरिरहेका संसार भरिका देशहरु युरोप, अमेरिका मध्य पुर्वका खाडि मुलुकहरु देखि सबै तिर ब्याप्त बनेको छ ।
मुलतः संसारमा अति विकसित पुजीवादी राष्ट्रहरु र मानवजातिले प्रकृति, पर्यावरण माथि गरेको  निरन्तर दोहन र अत्याचारको श्रृङखलाले यस्ताखाले भाइरस महामारीहरु निम्तिन्छन र विश्वमा विभिन्न काल खण्डमा विभिन्न खाले महामारी उत्पन्न भई लाखौं करोडौं मानिसको ज्यान जाने गर्छ । कोरनालाई पनि त्यसैको पराकाष्ठाको रुपमा लिन सकिन्छ ।
कोभिड १९ अर्थात कोरना भाईरस यस शताब्दीको छैठौं महामारी हो । जसको सामना सिंगो मानवजाति  गरिरहेको छ । प्रकारान्तरले दुनियालाई स्रोत साधन पुँजी शक्तिकेन्द्रको हवला दिने अति बिकसित पुजीवादी राष्ट्रहरु पनि आज आर्थिक रुपले धरासाहि बन्दै गइरहेका छन । उधारणको लागि खासगरि दोस्रो विश्व युद्ध पछि  विश्वको अर्थनीति कार्यक्रम र अर्थतन्त्रमा  एकछत्र  प्रभाव राख्दै आएको संसारकै पुजीवादी शक्ति केन्द्र अमेरिका आज (WTO) का नितिहरु नमान्ने अवस्थाछ (UN) को साहयता लाई रोक्ने कुरा गर्दैछ । विषम बिश्व  परिस्थितिमा (WHO)को साहयताबाट हात झिकेको छ । युनिसेफ लगायत मानवअधिकारका अन्य विश्व साझेदारी साहयता क्षेत्रबाट अमेरिका फर्किएको छ । यसरी हेर्दा अमेरिका बिस्तारै विश्व प्रणालिबाट आत्मकेन्द्रित बन्दै गएको प्रस्ट देख्न सकिन्छ । यस दृष्टिकोणबाट बिश्व ब्यबस्था प्रणालि माथि नै फेरवदल हुन सक्ने अनुमान सहजै  गर्न सकिन्छ ।
सामान्यतः पुजीवादीहरुले पैदा गरेका समस्याहरुको पहिलो निसानामा गरिव किसान, श्रमजीवी, सर्वहारा, गरिखाने बर्ग देखि अल्प विकसित साना बिकाशउन्मुख राष्ट्र क्षेत्र  समुदायहरु  निसानामा पर्ने गर्दछन तर कोभिड १९ को मामलामा भने फरक तथ्य स्थापित भएको छ । कोरनाले कुनै बर्ग, समुदाय क्षेत्र, सम्प्रदाय, धर्म, लिङ्ग, जाति, उचो, निचो केहिपनि भेदभाव गरेको छैन । यसले गर्दा पुजीवादीहरुलाई समेत  एकपटक गम खाएर गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको छ, भने  नेपाल लगायतका बिकाशिल राष्ट्रले चाहेर वा नचाहेर त्यसको  सिकार बन्नु पर्ने वा सामना गर्नेुपर्न बाध्यता रहेको छ ।
बिकाशिल भुपरिवेष्ठित राष्ट्र नेपालमा पनि कोभिड १९ कोरना उचाव दिनप्रतिदिन बढदो छ । सरकार द्वारा जारि  लकडाउन अथवा (बन्दा बन्दी) आज ४५ औँ दिन झण्डै डेढ महिना पुगेको छ । लकडाउन जारि पुर्व जम्मा २ जनामा देखिएको संक्रमण भुसको आगो जस्तै भित्र भित्रै  फैलिदै गएको  छ ।
आजकै दिनको नेपाल सरकारी तथ्यांक हेर्नेहो भने १४५११ जनामा (PCR) र ५४०९३ जना मानिसहरुमा (RDT) प्रविधिबाट कोरना परिक्षण गरिएको जस मध्ये १०९ जनामा कोरणा संक्रमण पुष्टि भैसकेको छ । झण्डै १८ हजार मानिसहरु क्वारेन्टीनमा बसिरहेका  छन भने १३३ संक्रमणको आसंकामा उपचार्थ आइसुलेसनमा भर्ना भएका छन ।
३० जना उपचार पछि घर फर्किएका छन । संयोग भनौ वा के भनौ कोभिड १९ अथवा कोरानाकै कारण ज्यान भने कसैले गुमाउनु परेको छैन । यसरी हेर्दा कोरना यहि गतिमा फैलिदै गए स्थिति काबुमा नरहनपनि सक्छ ।
भारतसंग जोडिएका सिमा नाका कडाइका साथ सिल गर्न नसक्नु कोरना टेष्टका लागि पर्याप्त स्रोतसाधन स्वास्थ सामग्री नहुनु कोरना जाँच सुस्त गतिमा हुनु र कोरना बिरुद्ध अनुसासित जिवन पद्धति अबलम्बन गर्ने नसक्नुले कोरना संक्रमणलाई बढवा दिने मुख्य कारण नेपालमा बन्न पुगेको छ । यदि परिस्थिति यस्तै रहिरहे महामारीको भयावह स्थितिको सामना गर्नुपर्ने दिन नआउला भन्न सकिन्न  त्यसैले बेलैमा त्यतातिर सबैको ध्यान जान जरुरि देखिन्छ ।
अदृश्य प्राण घातक कोभिड १९ कोरनाको कहर निकै कष्टकर छ । देश आज बन्दा बन्दिको स्थितिबाट गुज्रिएको झण्डै डेढ महिना पुगिसकेको छ । अझै कहिले सम्म लकडाउन अर्थात  बन्दा बन्दि झेल्नु पर्न हो । अनिश्चित जस्तै बनेको छ । जसका कारण ब्यापार ब्यबसाय उद्योगधन्दा  कलकारखाना श्रम र उत्पादन संग जोडिएका सबै रोजगार प्रदायक स्थानहरु बन्द छन । यद्यपि केही उद्योग धन्दा यहि जेष्ठ २६ बाट खोल्ने निर्णय सरकारी स्तरबाट भएपनि उद्योगहरु पुरानो लयमा आउन र श्रमिकहरु काममा फर्किहाल्ने स्थिति अझै  बनिसकेको छैन ।
समाज बर्गिय रुपमा बिभक्त छ । नेपाली समाजमा यसको प्रभाव नपर्ने झन कुरा भएन । नेपालमा त्यसको असर नराम्रो गरि सुरु भएको छ । केही मुठ्ठीभर सासक हुनेखाने बर्ग र बाँकि सबै गरिब किसान मजदुर श्रमजीवीहरुको बाहुल्यतापुर्ण नेपाली समाज छ । यतिबेला कोभिड १९ को  संकटमा सबै भन्दा बढि ज्याला मजदुरि गरेर साँझबिहान छाक टार्ने श्रमजीवी बर्गहरु परेकाछन र लाखौंको संख्या रहेका श्रमिकहरु एकैपटक रोजगारविहन बनेका छन । उनिहरुको अवस्था दिन दिनानुदिन नाजुक बन्दै गएको छ । यि दृष्टान्त देशभित्रैको कोरना कहरको भयो यसतर्फ राज्यका कदम शून्य प्रायछन ।
कोभिड १९कोरना कहर देशभित्र श्रमिक मजदुर लाई मात्रै प्रभावित गरेको छैन । यसका आयामहरु अझै विश्रृत छन । परिवार छोडेर रोजिरोटिको आफ्नो र सन्तानको भविस्यको सपना बोकेर बिदेसियका लाखौं युवा-युवतिहरु संगलाई पनि कोरना कहरले नराम्ररी प्रभाव पार्ने देखिन्छ । हाम्रा नेपाली युवा युवतिहरु अहिलेपनि मध्येपुर्वका अरब र खाडिका देशहरुमा रगत र पसिना कौडिको मूल्यमा बेचिरहेका छन । लाखौं युवा- युवतिहरु युरोप र अमेरिकीका का गल्लि -गलि होटेल रेष्टुरेन्ट  हरुमा श्रम पसिना संग केही डलर साटिरहेका छन । कति भारतको चण्डिगढ दिल्ली तिर चौकिदारि र गाडि धुदैछन कति श्रमिकहरु भारतकै हिमाचल  तिर स्याउका बगान बगैचामा पसिना बगाउदैछन संख्यामा एकिन यत्तिहो भन्ने त छैन तर श्रमस्विकृति लियर बिदेश जाने प्रणालिको बिकाश भएपछिको  तथ्यांक लाई आधार मान्ने हो भने झण्डै ४० लाख बढी युवा युवतीहरु नेपालबाहिर रोजगारी का लागि बाहिरीएकाछन । श्रमस्विकृति लागू हुनु पुर्व विदेशिएका अरु थप अरु ४० लाख गरि झण्डै ८० लाखको संख्यामा श्रमिक युवा युवतिहरु  देश बाहिर छन ।
आज जहाँ हाम्रा नेपाली श्रमिक युवा युवतिहरु श्रमका निमित्त पुगेकाछन । ती  देशहरुमा कोभिड १९ अर्थात् कोरनाले जरा गाढेको छ । कोरना संक्रमण डरलाग्दो गरि फैलिदै गइरहेको छ । हजारौं लाखौं संक्रमित भएका छन । दिनानुदिन सयौं हजारौं मानिहरुको ज्यान गइरहेको छ । त्यो अबस्थामा नेपाली श्रमिक मजदुरहरु के कस्तो अवस्थामा छन । उनिहरुको स्वास्थ अवस्था कस्तो छ । सम्बन्धित निकाय बेखर जस्तै छ । लोककल्याणकारी राज्यमा त्यस्ता नागरिकको सोध खोज र उनिहरुको जिम्मा राज्यले लिनु पर्छ । बिडम्वना भन्नुपर्छ हामिकहाँ त्यस्तो अबस्था छैन ।
आज ती  रोजगारदाता मुलुकहरु पुर्ण लकडाउनमा  छन । त्यहाँका उद्योगधन्दा कलकारखाना रोजगार प्रदायक  कम्पनीहरु प्राय सबै  बन्द छन । श्रमिक नेपाली युवाहरू त्यहाँ पनि एकैपटक  बेरोजगार बिहिन बनेर बसेका छन । तिनै देशहरुको अर्थतन्त्र धरासयि बन्दै गइरहेको छ । यसको प्रभाव बिशेषगरि असंगठित रुपमा काम गरिरहेका मजदुरहरुमा तत्काल देखा परेको छ । कोरनाले गाँजेको विश्व बजारले झण्डै पुग नपुग  एक करोड नेपाली श्रमिक युवायुवतीहरुलाई रोजगारी दिन नसक्ने पक्का जस्तै छ ।
उनिहरु संग अब आफ्नै जन्मभुमि स्वदेश फर्किनु बाहेक अर्को बिकल्प छैन । यसरी हेर्दा कुल संख्या ८० लाख हाराहारीको श्रमिकहरुमा ५० प्रतिसत आधा मात्रै नेपाली श्रमिकहरु स्वदेश फिर्ता भए भने झण्डै ३० देखि ४० लाख युवाहरु एकै पटक स्वदेश फिर्ता हुनेवाला छन । यसबाट उत्पन्न परिस्थितिको सामना गर्ने तिर राज्य कति अग्रसर बन्छ । त्यो भने हेर्ने बाँकि छ ।
स्वदेशमा बस्ने नेपाली ले तिरेको राजस्व र तिनै नेपाली श्रमिकहरु विदेशमा रगत पसिनाले साटेर स्वदेश फर्किनेहरुले पठाएको रेमिट्यान्सले धानेको नेपालको अर्थतन्त्र त्यसकै आधारमा बन्ने अर्थनीति कता जाला ? एकैपटक लाखौं युवाहरु बेरोजगार हुँदा तिनको ब्यबस्थापन गर्न राज्य के गर्ला ? त्यसको प्रभावको हिसाब किताब राज्यले गरेको छ कि छैन होला? नेपालिहरुका अब का दिन कस्ता होलान ? बिशेषगरि श्रमिकहरुका गुजारा अबका  दिनमा कसरी चल्लान ? नेपाल सरकार ले आसन्न नितिकार्यक्रम तथा बजेट कस्तो बनाउला ? जस्ता तमाम उनुत्तरित प्रश्हरु गम्भीरतापूर्वक उठिरहेका छन र यी प्रश्नको जीवन ब्यवाहार चित्तबुझ्दो जवाफ राज्य संयन्त्र बाट खोजिरहेका छन त्यो जवाफ दिनु राज्यको दायित्व भित्र पर्दछ ।
२७ बैशाख २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको