सल्यानबाट ११ जनाको स्वाव संकलन गरी प्रदेश अस्पताल पठाइयो


चैत २७, सल्यान । सल्यानको कपुरकोटबाट ११ जनाको स्वाव संकलन गरी परीक्षणका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ ।

जिल्ला अस्पताल सल्यानको प्राविधिक सहयोगमा विदेशबाट घर फर्किएका शंकास्पद व्यक्तिहरुको कोभिड–१९ को नमुना संकलन गरी जाँचको लागि प्रदेश अस्पतालमा पठाईएको स्वास्थय शाखा संयोजक अरुण दाहालले जानकारि दिए ।

यसैविच कपुरकोट गाउँपालिकाले विदेशमा रहेका पालिकाभित्रका नागरिकहरुको पनि विवरण तयार गरेको छ । रोजगारिको शिलशिलामा हाल एक हजार ४ सय १६ जना नागरिक विभिन्न देशमा रहेको गाउँपालिकाले जनाएको छ । हरेक वडाबाट संकलन गरिएको विवरण अनुसार गाउँपालिकाका ६१२ जना भारत, ३३७ जना मलेसिया, १७४ जना साउदी अरबमा रहेका छन् ।

यस्तै १४७ जना कतार, ८२ जना दुबई, २४ जना कुबेत, १६ जना जापान, माल्दिभ्स र अमेरिकामा एक एक जना तथा अन्य विभिन्न देशमा २२ जना रहेका छन् । उनीहरुको घरमा जनप्रतिनिधी र स्वास्थयकर्मी तथा सुरक्षाकर्मीहरु समेत पुगेर विदेशबाट फर्किसकेपछी परिवार र छरछिमेकको सम्पर्कमा जानुभन्दा पहिला आवश्यक परामर्श गरी १४ देखि १८ दिनसम्म होम क्वारेन्टाइनमा रहन सुझाव दिने कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारिले जनाए ।

कपुरकोट गाउँपालिकाका ६ वटै वडाका गाउँ टोलहरुमा कोरोना भाइरस संक्रमण फैलन नदिन निगरानी समुह पनि गठन गरिएको छ । वडा नम्बर १ मा ४ वटा वडा नम्बर २ मा ५ वटा, ३ मा ४ वटा, ४ मा ३ वटा, ५ मा ११ वटा र ६ मा ९ वटा निगरानी समूह गठन गरिएको भण्डारीले बताए ।

२७ चैत्र २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको