दाङमा माछा मार्ने क्रममा एक युवाको मृत्यु

मृतक बलबहादुर थापा मगर

चैत २७, दाङ । तुलसीपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बाँसगढी निवासी ३७ वर्षीय बलबहादुर थापा मगरको मृत्यु भएको छ ।

विहीबार मध्यान्ह १२ बजेतिर तुलसीपुर १८ विजौरीस्थित मलवारले कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा थापालाई करेन्ट लागेको थियो ।

गम्भीर अवस्थामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बुधबार बेलुका राप्ती नदीमा नहाउने क्रममा अर्का एक युवाको डुवेर मृत्यु भएको थियो । लमही नगरपालिका वडा नं. ९ का २६ वर्षीय राजेश खड्काको नुहाउने क्रममा डुवेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

२७ चैत्र २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको