को हुन् क्रान्तिकारी हेलेन बोलेक ? आखिर किन गुपचुप मृत्युबरण गरिन ?


विश्व कोरोना भाइरसको प्रकोपले आक्रान्त छ । उता टर्कीको कुनै एकान्त निवासमा २८८ दिन लामो कठोर भोक हड्ताल पछि यहि अप्रिल महिनाको ३ तारिकमा एकजना योद्धा, एक महान क्रान्तिकारी जनगायक हेलेन बोलेक (Helen Bolek) ले चुपचाप मृत्यु बरण गरिन ।

अमेरिकी साम्राज्यबाद र आफ्नै देस भित्रको क्रुर तानाशाही शासन बिरुद्ध जनबादी गीतहरुको माध्यमबाट शासकहरुको मुटु थर्काउने हेलेनले जनताका नाममा गीत गाए बापत माफी माग्न कैयौं पटक टुर्किस सरकारले जारी गरेको ऐलानलाइ घृणा गरि रहीन ।

२८ बर्षीय हेलेन बोलेकको जन्म १९९२ मा भएको थियो । हेलेन, टर्किस जनबादी कलाकारहरुको समूह योरुम समुहकी एक सदस्य थिइन । टर्किस विद्रोहको रक्त रंजित इतिहाँसमा हेलेन एक बिछट्ट क्रान्तिकारी कलाकार तथा शोषित, पिडित जनताको आवाज बोल्ने जनकलाकार थिइन । उनि आबद्ध गायन समुहले आँफुलाई कम्युनिस्ट भनेर दाबी नगरे पनि राज्यले भने सधैं कम्युनिष्ट भनेर धपाई रह्यो, लखेटी रह्यो ।

बिकट बस्ति, झुपडी र गरिबका आवाज घन्काउने यो समूह यति स्पातिलो थियो कि, क्षणभरमै लाखौँ मानिसलाई भेला पारेर आकाश गुन्जायमान पार्न सक्ने सामर्थ्य राख्थ्यो । त्यो लोकगीत गायन समुह ‘योरुम’ ले रचना गरेका लोकगीतहरु, लाखौँ एल्बमहरु र सिनेमाहरुको लोकप्रियताले हेलेन जस्ता कलाकारहरुलाई टर्कीमा स्थापित गराएको थियो । झोपड बस्तीका बिकलान्गहरुको आवाजलाई गीत संगीत र आफ्ना रचनाहरुको माध्यमबाट जनताको माझमा ल्याउने र शासकहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्ने बनाउन पुरै सफल थियो हेलेनहरुको गायन समूह ।

सन् २०१७ मा रिलिज भएको हेलेन बोलेकको एउटा एल्बमले निकै ठुलो तहल्का मच्चायो, जसको शिर्षक थियो ईल्ले काव्गा (Ille Kavga) । जसको अर्थ हुन्छ ‘अब कुनै विकल्प छैन, केवल संघर्ष मात्र ‘।

त्यस कारणले पनि उनीहरुलाई कम्युनिष्ट भनियो, लेफ्ट भनियो । ‘हामी सत्यको पक्ष र दमनको बिरुद्धमा छौं कम्युनिस्ट भन वा लेफ्ट त्यो तिम्रो कुरा हो’ उनीहरु जवाफ दिन्थे । सम्भवत: गायन समुहका केही सदस्यहरु टर्किस कम्युनिष्ट पार्टीसंग आबद्ध थिए ।

दक्षिण अमेरिकी गायन समूह Nueva Canyon बाट प्रेरित जन कलाकारहरुको समूह योरम ग्रुप सन् १९८५ मा मार्मरा विस्वविद्यालयमा अध्यन गर्ने ४ जना बिद्यार्थीहरुको समुहले गठन गरेको थियो । जसलाई योरम ब्राण्डका नामले व्यापक चिनिन्छ । यो ब्राण्डले टर्कीस र कुर्दिस लोकगीतहरुको बेजोड प्रस्तुति दिने गर्थ्यो ।

सताब्दियौं सम्म दबिएका जन आवाजहरुमा संगीत भर्थ्यो र एल्बमहरुको बिक्रि गरेर गरिबहरुका झुप्रामा रोटि बाँड्ने काम गर्थ्यो । यहाँ देसको रक्षा र बिकासको मात्र कुरो होइन हामीले मालिकहरुको हातबाट टर्कीलाई खोसेर जनताको हातमा सुम्पिनु पर्छ यदि त्यसकोलागी आवस्यक पर्छ भने समुद्रहरु पनि सुकाउनु पर्छ ।हामी सँधै अनौंठो, शोषित, बेरोजगार किसान र जनताको साथ खडा हुनेछौं।

‘हामी मारिन सक्छौं तर यो मामला सँधै रहन्छ’ यस्तै बोल्छन हेलेनका गीतहरुले । जीवन शर्माका जस्तै लाग्ने हेलेनका गीतहरुले मानव मस्तिष्कमा उद्वेग मच्चाउँछन् । सन् २०१० मा योरम ब्याण्डको २५ औं स्थापना दिवसमा इस्तानबुलमा आयोजित कन्सर्टमा १ लाख २५ हज्जार दर्शकले ८ घन्टासम्म लगातार भाग लिएका थिए । हेलेन जनगायक मात्र नभएर सुप्रसिद्ध रक स्टार समेत थिइन ।

हेलेनको योरम ब्याण्डले अस्ट्रेलिया, सिरिया जर्मनी, फ्रान्स नेदरल्याण्ड, बेल्जियम, डेनमार्क र अस्ट्रियामा धेरै बिशाल कन्सर्टको आयोजना भब्यतापुर्बक सम्पन्न गरेको थियो । ४ सय पटक भन्दा बढी टर्कीको फाँसीबादी सरकारले यो ब्याण्डलाइ मुद्दा लगाएको थियो । स्थापनाको शुरुवात देखीनै टर्की भन्दा बाहिरका देशहरुमा योरम ब्याण्डले आफ्ना चर्चित कन्सर्टहरु प्रदर्शन गरि सकेको थियो, जसमा हेलेनको भूमिकानै प्रथम स्थानमा थियो । अत्यन्त सुन्दरी हेलेनले स्टेजमा प्रस्तुति दिंदा मानिसहरुमा मन्त्र मुग्धता छाउँथ्यो ।

हेलेनको कानुन ब्यबसायी तियानका अनुसार पुलिसले यातना दिने क्रममा बन्दि गृहमा हेलेनको भोइलिन बजाउने दाहिने हात भाँची दिएको थियो भने उनको प्रिय भोइलिन समेत टुक्रा टुक्रा पारि दिएको थियो । भोइलिन टुक्र्याउन सके पनि तिमीहरुले मेरो अन्तर्मनको आवाज कहिल्यै टुक्रा पार्न सक्दैनौ भन्ने उनको आवाज अहिले पनि इस्तानबुलका झुपड बस्तिहरुमा गुञ्जिरहेको छ । घरबार बिहिन गल्लीमा सुत्नेहरुकी साक्षात् देवी हेलेनका सुन्दर फोटाहरुको बिक्रि कोरोना भाइरसले त्रस्त टर्कीमा ह्वात्तै बढेको छ । मस्जिदमा महिलाहरु बत्ति बालि रहेका

हेलेनको मृत्यु पश्चात अन्त्यस्टिमा लेखिएको थियो , ‘मानव अधिकारको रक्षा गर्ने व्यक्तिलाई सँधै राज्य, पूँजीवाद र साम्राज्यवादद्वारा आतंकवादीको रूपमा देखाइन्छ। किनभने यी व्यक्तिहरू जसले 3 सेन्टका लागि काम गर्छन् उनीहरूको अधिकारहरू चोरी गरिरहेका छन् र आफ्नै पाउच भरिरहेका छन्। तपाई रगत बगाई रहनु भएको छ, अब शान्त संग सुत्नुहोस तर तपाइका दुश्मनहरु भने अब निदाउने छैनन् ‘ ।

टर्कीको तानाशाही शासनको शुरुवात संगै जन्मेको योरम ब्राण्डले साम्राज्यबाद संगको मिलेमतोमा जनताका आवाजहरुलाई दबाएको थियो । पुंजिबाद, साम्राज्यबाद र तानाशाही तन्त्र बिरुद्ध आगो ओकल्ने योरम ब्राण्ड सरकारको नजरमा सधैं कसिंगर बन्यो । हेलेन लगायतका जनकलाकारहरु बिरुद्ध दमन ,धरपकड तिब्र बन्यो । १८ जनवरी २०१३ मा हेलेन लगायत यो ब्राण्डका ५ सदस्यहरुलाई आतंककारी समुह जनमुक्ति मोर्चाको सदस्य भएको आरोप लगाई गिरफ्तार गरियो । हेलेनलाइ ३ दिन पछि रिहा गरियो ।यद्यपि उनि बिरुद्धको मुद्दा भने कायमै राखियो । नोभेम्बर २०१६ मा पुन: ८ जना जनकलाकारहरुलाई राज्य बिरुद्धको मुद्दा लगाएर पक्राउ गरियो र मुद्दाको सुनुवाई नगरी जेलमा कोचियो । २०१९ को सुरुमै योरम ब्रान्डको केन्द्रिय कार्यालयमा राज्यले रेड गर्यो । बाद्यबादनका सम्पूर्ण सामाग्रीहरु नष्ट गरियो । यो समुहका सबै गतिविधिहरुमा प्रतिबन्ध लगाइयो । गीत, एल्बम तथा कन्सर्टहरुमा पुरै प्रतिबन्ध लाग्यो । घर घरमा यो समुहका गीतहरु सुन्न समेत नपाइने नियम लागु गरियो । योरम ब्राण्ड माथि प्रतिबन्ध लाग्यो । बर्तमान रास्ट्रपति रिसेप तैप एर्दोगानको तानाशाही सरकारले नाङ्गो नाच देखायो ।

कलाकारहरुको गीत गाएर जीविकोपार्जन गर्ने मौलिक हकमा डण्डा प्रहार गरियो भने संसार भर मानव अधिकारको ढुङ्ग्रो फुक्ने साम्राज्यबादको नाईके अमेरिकाले एर्दोगानका कुकिर्त्यलाई आँखा चिम्लेर समर्थन जनायो । बिद्रोह स्वरुप हेलेन र उनका सहकर्मी इब्राहिम गोसेकले अनिश्चित कालिन भोक हडताल शुरु गरे । योरम ब्रान्ड माथिको प्रतिबन्ध फुकुवा हुनु पर्ने र जेलमा भएका सहकर्मीहरुको मुद्दा फिर्ता लिएर उनीहरुलाई रिहा गर्नु पर्ने मुख्य माग थियो, जसलाई निरङ्कुश सत्ताले कुल्चिदै गयो । इब्राहिमले जेलको कठघरामै र हेलेनले जेल बाहिर आफ्नो घरकै एउटा कुनामा बसेर भोक हडताल सुरु गरे । दुवै जनाको स्वास्थ्य नराम्रो संग बिग्रन सुरु गर्यो ।

लेखक: उदय राज गौतम

अन्तत: इब्राहिमलाई २५ फेब्रुवरी २०२० मा जेलमुक्त गरियो । जेल जीवनबाट छुटकारा पछि पनि इब्राहिमले घरमै भोक हडताल जारी राखे भने हेलेनको भोक हडताल पहिला देखीनै जारी थियो । अकस्मात दुश्मनका जल्लाद राज्यका सिपाहीहरुले हेलेन र इब्राहिम दुबैको घरमा जबर्जस्ति प्रवेश गरि दुबैलाई अस्पताल लग्यो । अप्रिल १ देखीनै हेलेनको शरीरमा अक्सिजनको मात्रा टुट्न लागि सकेको थियो । दुश्मनको सामुन्ने औषधि खाएर बाँच्नु भन्दा सगर्व प्राण त्याग्ने बाटो उनले रोजिन । अन्तत : ३ अप्रिल २०२० मा उनले पहाड भन्दा गरुङ्गो मृत्यु बरण गरिन ।

हेलेनको मृत्यु पश्चात अन्त्यस्टिमा लेखिएको थियो , ‘मानव अधिकारको रक्षा गर्ने व्यक्तिलाई सँधै राज्य, पूँजीवाद र साम्राज्यवादद्वारा आतंकवादीको रूपमा देखाइन्छ। किनभने यी व्यक्तिहरू जसले 3 सेन्टका लागि काम गर्छन् उनीहरूको अधिकारहरू चोरी गरिरहेका छन् र आफ्नै पाउच भरिरहेका छन्। तपाई रगत बगाई रहनु भएको छ, अब शान्त संग सुत्नुहोस तर तपाइका दुश्मनहरु भने अब निदाउने छैनन् ‘ ।

एक २० बर्षीय युबकले अन्त्यस्टिको फूलमा लेखेर झुण्ड्याएको थियो र त्यहाँ लेखिएको थियो , ‘ जब म यस कन्सर्टमा गएँ, म १४ बर्षको थिएँ, हुनसक्छ यो अझै पनि एउटा महत्त्वपूर्ण कुरा हो ,जुन त्यस उमेरमा मेरो दिमागबाट हटाइएको थिएन, म भन्छु कि म धेरै भाग्यशाली थिएँ। म सोध्दै छु यदि एक व्यक्ति आफ्नो जीवन भन्दा बढी मूल्यवान छ।’

‘बिदाइ, सुन्दरी केटी, बत्तीहरूमा सुत्नुहोस्, समुन्द्रलाई बिदाइ गर्नुहोस्, समुद्रलाई बिदाइ दिनुहोस् र अरु सबै जीवनलाई नमस्कार भन्नुहोस्। तपाइले दिन सक्ने दिइ सक्नु भएको छ ।’ सामाजिक संजालमा एक इरानी किसान करीम लेख्छन ।

हेलेनको मृत्यु पछि टर्कीको मानवाधिकार आयोगले सरकारी रवैयाको विरोधमा ब्यापक आवाज उठाएको छ भने अन्तर्रास्ट्रिय अधिकारबादीहरुले गहिरो चासो र चिन्ता ब्यक्त गरेका छन् ।

उदय राज गौतम (प्रवासी एकता मंच डेनमार्क अधक्ष्य) हाल डेनमार्क

२७ चैत्र २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको