प्रधानमन्त्रीले सम्बोधन गरेको रात मजदुरले किन शहर छोडे !


सम्मानीय प्रधानमन्त्री ज्यु, अभिबादन, साथै सुस्वास्थ्यको कामना ।

हजुरले देशवासीका नाममा सम्बोधन गरेको रात तपाइँ बसेको दरबार नजिकैका मजदुरहरुले शहर छोडे रे ! किन छोडे ? त्यसको उत्तर खोज्न तिर लाग्नु मुर्खता हुन्छ ।

त्यो पनि हप्तौ लाग्ने पैदलको यात्रा तय गरेछन । उनीहरु कहाँसम्म पुगे होलान ? अझै हिड्दै होलान कि कतै बसे होलान ? उनीहरु घर पुग्लान कि नपुग्लान ?

यतिबेला अनुत्तरित प्रश्नहरु धेरै उब्जिएका छन् ।

तपाईका समृद्दीका सपना थन्किएको धेरै भयो ।  कहिले भुकुम्पले रोकी दिन्छ, अहिले कोरोनाले !

मानव जातिको समृद्दी महामारी सहितको भब्यतब्यलाई जितेरै हुन्छ । नयाँ समृद्दी खोज्नेहरु, यस्तै प्राकृतिक चुनौतीहरु माथि टेकेर देशलाई  समृद्दी तिर लाने देशहरु थुप्रै छन् । भूइचालोका ज्वारभाटाहरु बज्रिने देश जापान हो ! हालका बिकसित कहलिएका देशहरु सुनामीका छालहरूले उथलपुथल पारेको थियो ।

तर ति देशहरुलाई प्रकृतिक प्रलयले कहिलै रोकेन ।  नयाँ सिराहाबाट देशलाई समृद्दी तिर डोर्याए । खासमा हाम्रो देशका नेताहरु ज्युदा हुँदो हुन् त यतिखेर प्रकृतिको बिपतमा टेकेर समृद्दीको बाटो हिडिसकेका हुन्थे तर बिडम्बना ! हाम्रो देशमा हुने प्राकृतिक बिपतलाई देश बिकासको बाधकको रुपमा अर्थ लगाइयो । बहाना बनाईयो । बिकास हुन दिएन भनेर आत्मरति लिएर पन्छिने गज्जबको बहाना बनाइयो ।

देशमा आउने महासंकट हाम्रा देशभक्त भन्निनेहरुलाई फलिफाप भए जस्तो हुने । देश बिकासको गतिमा किन बढेन भन्दा भुइचालो र कोरोनाले रोक्यो भन्न पनि हुने ।

यो नै नेपाली सासकहरुले आफ्ना नागरिकहरु माथि खेल्ने दुर्भाग्यपूर्ण जालझेल बन्यो ।

त्यसैले खासमा, मलाइ पनि यो शहर छोड्न मन लागेको छ तर मजदुरको जस्तो त्यति ठुलो दुस्साहस गर्ने आँट भने म संग छैन । तपाई देश चलाउनेहरुको कारण धेरै नेपाली नागरिकहरुले यो शहर मात्रै छाडेनन, देशै छाडे ।

आफ्नो मातृ भुमि छोडेर गैर नेपाली नागरिक समेत बने । गैर नागरिक बन्दा कैयौ नेपालीहरु धुरु धुरु रोएको मेरै आँखाले देखेको छु ।

कहिलेकाहीँ यस्तै गैर नागरिक बनिजाउ कि जस्तो झोक तातिन्छ । एकमनले भन्छ, ‘तपाइँको बाउको बिर्ता होइन यो देश, तिमीहरु मात्रै बस्ने । हामी पनि बस्न पाउनु पर्छ ।’

खाडी मुलुकबाट मजुदुरका लागि कलम चलाउने दिल निशानि मगर युरोप तिर लागे । जसले जे भने पनि उनको कलम गरिबका दुख र पिडा बिचबाट जन्मिएको हो । उनले यस्तै ज्यामी मजदुरका गाथाहरु कोरेर लेखक भएका हुन् ।

ऋषि धमलाहरुको कमल दरबारिया सासकहरुको पक्षपोषणबाट जन्मिएको हो । उनि अझै पनि दरबारियाहरुको जासुसी एजेन्टको रुपमा हेरिन्छन तर सत्य केहो दैव जानुन ।

लेखकहरुको धरातल मापन मात्रै गरेको हुँ । बिरुद्दमा लेख्ने र बोल्नेहरु यहाँ टिक्न गाह्रो छ । यो एउटा उदाहरण मात्र पेश गरेको हुँ अन्यथा नलागोस ।

प्रसंग अन्तै मोडिए छ, प्रधानमन्त्री ज्यु ! फेरी पुन: स्मरण गराए । तपाइले सम्बोधन गरेको रात मजदुरहरुले मध्मै रातमै शहर छोडे । लक डाउनको साता कुरे । कोरोनाले तर्साउन छोडेन । तपाईले लक डाउन लम्ब्याउनु  भयो, लम्ब्याउनु स्वाभाविक थियो तर भोको पेटले लक हुन मानेनन् । मानुन पनि कसरि बाँच्नु जो छ । त्यसैले मध्यरातमा तपाई बस्ने शहर नै छोड्नु पर्यो ।

हो उनीहरुको शहर होइन रहेछ …! शहर त साँच्चै कंक्रिटको जंगल पो रहेछ । जहाँ आशाका पालुवाहरू पलाउने आँट नै गर्दैनन् । मजदुरले शहर छोड्नुका केहि कारण यस्ता छन् ।

शहर छोड्नुको पहिलो कारण: लकडाउन अवधि भर राहतको ब्यबस्था गर्ने तपाइको आश्वासन थियो । तपाइको राहतले उनीहरु बस्ने डेरा चिनेन । ठिकै छ हुलहालमा नचिन्नु स्वाभाविक हो । भोका पेटहरु तपाईको स्थानीय सिहंदरबारसम्म राहत माग्न पुगे । तर पनि सिहंदरबारबाट कुनै सुनुवाई भएन ।

त्यसपछि ज्यामी मजदुरहरुले अब सिहदरबारियाहरु बस्ने शहर छोड्नुको बिकल्प रहेन र उनीहरु तपाईको लक डाउनको उलंघन समेत नहुनेगरी मध्यरात चुपचाप शहर छोडे । जतिबेला तपाई समृद्दीको सपनामा मस्त सुतिरहनु भएको थियो ।

शहर छोड्नुको दोश्रो कारण: तपाईले राज गर्ने यो शहरमा गाउँघरमा जस्तो अैचो पैचो र सापटी चलेन । बाँच्नलाई ओल्नोघर पल्नोघरबाट अैचो पैचोगरि छाक टार्ने चलन चल्ती नै छैन रहेछ । त्यसैले जसोतसो गाउँघर पुगेपछि तपाईको लक डाउनमा पनि अैचो पैचोगरि बेसायर खाने उपाए छ । त्यहाँ धन नभएपनि मन छ, अनि त बाँच्ने आधार छ ।

यो शहरमा धन भएर के गर्नु मन हराएपछि बाँच्नु कसरि । यो शहरमा बरु मर्नु भन्दा बहुलाउनु जाति भयो ।

शहर छोड्नुको तेस्रो कारण: तपाईको सम्बोधन सुनेर नै शहर छोडेका हुन् । तपाईका आसेपासे वा सरकारी मान्छेहरु कोरोनाको महामारीको मौकामा कालोबजारीको छक्का हान्दा पनि तपाई चुपचाप लाग्नु भयो बरु उल्टै भ्रष्टाचारी कालोबजारीलाई बचाउ गर्नु भयो ।

यस्तो सम्बोधनले जिन्दगीको भरोसा नदिलाएपछी शहर नै छाड्ने उचित ठाने । दुई साता अझै कष्टकर जिबन बिताउनु पर्ने छ भन्ने तपाईको सम्बोधनबाट झनै तर्सिए, किनकि एकसाताको भोको पेटले उनीहरु थलापरि सके भने दुई सातासम्म कसरि टिक्न सकिन्थ्यो, त्यो भोको पेट ।

काला बजारिहरुले खाने गासलाई निल्न समेत दिएनन । रोकथामको त कुरै नगरौ ! चाइना प्रकरणमा मुछिएकाहरुलाई छाती चौडा पारेर बचाउ गर्ने प्रधानमन्त्रीले शहरका कालोबजारीलाई रोक्ने बिषय समृद्दीको सपना देखे जस्तै, ‘हात्ती आयो हात्ती आयो फुस्सा’  हो । त्यसैले शहर छोडेकै उचित ।

अब यत्तिकुरा थाहापाई सकेपछी राहत नदिई मध्यरातमा शहर छोड्न विवस पार्ने तपाईको स्थानीय सिहदरबारलाई पूजागरी बस्नु हुन्छ कि घोक्य्रा ठ्याक लगाउनु हुन्छ, प्रधानमन्त्री केपि शर्मा ओली ज्यु !

शहरबासीहरु तपाईको नतिजा पर्खेर बसेका छन् । चाइना प्रकरणमा जस्तै भरौटेहरुलाई बचाउ गर्नुभयो भने तपाईको बदनामीको यात्रा अझै लम्बिने छ र कालान्तरमा ‘ओली बा’को कालो इतिहास’ नमेटिनेगरि कोरिने छ ।

स्मरणहोस्, बेलायतका प्रधानमन्त्री यतिबेला कोरोनाका कारण आइसुलेसनमा छन् । उनको स्वास्थ्य लाभको कामना गरौ ! सायद उनले आफुलाई मात्रै बन्द कोठा भित्र कोरोना बिरुद्द लक डाउन गरेको भए सुरक्षित हुन सक्थे । जसरि नेपाली सासकहरुले आफुलाई लक डाउनगरि भोकापेटहरुलाई बितरा पारिरहेका छन् । भोक आतंक सिर्जना गरिरहेका छन् ।

याद राख्नु ! कोरोनाले आफुलाई विश्व साम्राज्यवादी शक्ति ठानिरहेका ठुला शक्ति देशहरुलाई आफ्नो परिचय बदल्न चुनौती दिरहेको छ । चुनौतीको सामाना गर्न नसके अबको विश्व साम्राज्यबाद नयाँ शक्ति देश बन्ने छ ।

नेपालमा पनि कोरोनाले सत्ता र शक्तिको राम्रोसंग नसा-नाडी छामी रहेको छ । जहाँ चुनौती र सम्भावना दुवै समान्तर भएर आएका छन् । चुनौतिको सामाना गरेर समृद्दीको सम्भावना चुम्ने महान अवसर पनि छ । यसको सामाना गर्न सरकार र नागरिक जिम्मेवार बन्नुपर्छ तर नागरिकको भावनालाई कदर गर्नै पर्छ ।

२७ चैत्र २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको