युएईमा भेटियो २ नेपालीमा कोरोना भाइरसको संक्रमण


फागुन २६, युएई । युएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । यसरि कोरोना संक्रमितहरुको संख्या ५९ जना पुगेको छ।

सोमबार युएइको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जना कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीहरु फेला परेका हुन् ।

नयाँ संक्रमितहरुमा ४ जना युएईका नागरिक, ३ जना इटालियन, २ जना नेपाली, २ जना बंगलादेशी, १ जना रसियन, १ जना भारतीय र १ जना सिरियाली रहेका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका १ सय ७ भन्दा बढी मुलुकहरुमा फैलिसकेको छ भने ३ हजार ८ सय ८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर १ लाख ११ हजार ४ सय ८९ जना सो भाइरसबाट संक्रमित भएका छन् ।

२६ फाल्गुन २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको