नयाँ शैलीमा होली [फोटो फिचर]

फागुन २६, ललितपुर । आज देशका विभिन्न भागमा होलि पर्ब मनाइदै छ । कोरोना भाइरसको कारण बिगतको जस्तो तामझाममा होलि नभए पनि होलि मनाउनेहरुले नयाँ शैली अपनाएका छन् ।

होलीको रंगमा रंगीन हुन चाहाने युवाहरुले नयाँ शैलीमा होलि मनाएका छन् । ललितपुरको इमाडोलमा शान्त अनि भद्र ढंगले होलि मनाइ रहेका थिए । उनीहरुले एक अर्काप्रति रंग छाप्ने कार्य नभएर आफ्नै अनुहारमा रंगले बुट्टा कुँदिएका थिए ।

हेर्नुहोस पत्रकार डीबी बुढाथोकीले लिएका होलि दृश्यहरु यस्ता छन् :

यो पनि पढ्नुस 

होलीमा कुनै अप्रिय घटना भएन: ट्राफिक प्रहरी

होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने ७ सयभन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ । ७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन (मापसे) गर्ने, ३ जना सवार भएका मोटरसाइकल र कागजात नबोकेका चालकलाई कारवाही गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए ।

दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले सम्झाउने बुझाउने गर्नुका साथै ‘तिव्र गतिमा सवारी नचलाउँ, मापसे गरेर सवारी नचलाउँ’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

ड्युटी अनुगमनका लागि १५ वटा टीम पनि खटिएको उनले बताए । ट्राफिक नियम उल्लंघन गर्नेलाई सम्झाईबुझाई गर्ने र नमान्नेलाई कानूनी दायरमा ल्याइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस