पश्चिमेलीले खोले काठमाडौँमा फरक शैलीको ‘सालैजो दोहोरी साँझ’ [फोटो फिचर]

नयाँ बसपार्कमा नयाँ मौलिक बिशेषता सहितको सालैजो दोहिरी साँझ संचालन हुने भएको छ । राप्ती क्षेत्रका युवा तथा ब्यबसायिहरुको सयुक्त लगानीमा दोहोरी साँझ संचालनमा ल्याउने भएका हुन् ।

दोहोरी साँझको उद्घाटन यहि आउदो २८ गते हुने संचालक तथा कलाकार नन्द घर्तिले बताए । दोहोरी साँझको सम्पूर्ण सजावट तथा ब्यबस्थापन अन्तिम अबस्थामा पुगेको जानकारी दिए ।

सालैजो दोहोरी साँझ ब्यबस्थापन तथा सजावटको लागि मात्रै ६५ लाख भन्दा धेरै खर्च भएको संचालक तथा कलाकार लक्ष्मी बुढा मगरले बताईन । बिगत १० देखि १४ वर्षसम्म राजधानीका विभिन्न दोहोरी साँझहरुमा कामगर्दै लामो अनुभबबाट दोहोरी साँझ संचालनमा ल्याएको बताईन ।

दुइ जना ब्यबसायी र ३ जना दोहोरी फिल्डकै कलाकारहरुको संयुक्त लगानीमा दोहोरी साँझ निर्माण भएको हो । संचालकहरु नन्द घर्ति मगर, दया बुढा मगर, इमान पुन मगर, देबि राना मगर, लक्ष्मी बुढा मगर रहेका छन् ।

राजधानीमै नयाँ शैलीको स्टेज

काठमान्डौमा भएका अन्य दोहोरी साँझहरु भन्दा फरक र बिशेष डेकुरेसनमा निर्माण गरिएको अर्का सन्चालक देबिराना मगरले बताए । कलाकारहरुको स्टेज हाफ गिटारको आकारमा डिजाइन गरिएको छ । गित संगीत क्षेत्रमा सँधै पर्दा पछाडी राखिने बाध्यबादकहरुलाई पर्दाअगाडी ल्याउन, उनीहरुको लागि बिशेष स्थान निर्माण गरिएको उनले बताए ।

सालैजो दोहोरी साँझमा प्रवेश गरेपछि आकाश तिर हेर्दा देश भक्ति भाव, पुर्खाको बिरता, युग सुहाँउदो स्वास्थ्य र शिक्षा, मौलिक संस्कृतिको जगेर्ना झल्किन्छ ।

सिलिङ्गमा विभिन्न आकृतिमा सांकेतिक सजावट देख्न सकिन्छ । प्रवेशद्वारा पछि नेपाली राष्ट्रिय भाव बोकेको चन्द्र सुर्य अंकित राष्ट्रिय झण्डा शिरमाथि देख्न सकिन्छ ।

अलिकति पछाडी पुर्खाहरुको निसानी बिर गोर्खालीको सान खुकुरी क्रसमा सजिएको छ, लगतै स्वास्थ्य रहन स्वास्थ्य चौकीको चिन्नह अंकित गरिएको छ ।

मगर समुदायले प्रयोग गर्ने खुर्पेटो, विश्वलाई प्रविधिको बाटो डोर्याइ रहेको नेटवर्क वाइफ़ाइको चिन्नह, गतिशील समयका प्रतिक चन्द्र र सुर्य, सप्तरंगी लाइटहरुले झकिझकाउ छ सालैजोको दोहिरी साँझको आकाश ।

निकै आकर्षक देखिने गिटारको आकारमा निर्मित मंचले सुर र तालको समायोजन गरेको छ । गिटार सुर र तालको प्रतिक पनि हो ।

स्टेजको पछाडी सुदुर तथा मध्ये पश्चिममा प्रचलित घरेलु सामाग्रीहरु प्रदर्शनीमा राखिएका छन् । जसले नेपाली पश्चिमेली पाहुना घरको आवास दिन्छ । पारिवारिक वातावरणको अनुभूति दिलाउछ ।

पुर्खाहरुले परापुर्बकाल देखि प्रयोग गर्दै आएका परम्परागत सामाग्रीहरु रोधीघरको पर्खालहरुमा झुण्ड्याइएका छन् ।

मौलिक संस्कृतिको जगेर्ना गर्न घरायसी सामाग्रीहरु भित्ताहरुमा सजाइएको छ । जस्तै मकैको झुप्रो, दहीको ठेगी, महि मथ्ने मदानी, चिन्नो, डोको, डालो, नाम्लो, दाम्लो, बरियो, हलो जुवा, पेरुङ्गो, नाङ्लो वा सुपो, चाल्नो, ताकु, हुक्का, मान्द्रो, मोकारो, जाबीहरु आदि राखिएका छन् ।

रोधीघरमा छिरेपछि फरक पारिवारिक वातावरणको अनुभूति दिलाउछ ।

सालैजो दोहिरी साँझ नयाँ बसपार्क मित्र नगर नेपाल टेलिकम अगाडी रहेको छ ।

प्रतिक्रिया दिनुहोस