विप्लव नेकपाले भन्यो- ‘ललिता निवासकाण्डका मुख्य अभियुक्तलाई उचित समयमा कारवाही गर्छौं’


माघ २६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिले आफ्नो पार्टीले सामाजिक दायित्व र जनताको मागबमोजिम ललिता निवासका’ण्डका दो’षीहरूलाई का’रबाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी वली सरकार र सरकारी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेर मुख्य अ’भियु’क्तहरूलाई जोगाए पनि आफूहरूले कार’बाही गर्ने बताएको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले सामाजिक दायित्व र जनताको मागबमोजिम ललिता निवासकाण्डका दोषीहरूलाई कारबाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी वली सरकार र सरकारी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेका छन् । यसले सरकार, सत्तारूढ पार्टी र भ्रष्ट तथा कमिसनखोरहरूको अनुहार उदाङ्गो पारेको छ ।’

अख्तियारले सरकार र सत्तारूढ पार्टीको प्रभाव र निर्देशनमा मुख्य अभियुक्तलाई उन्मुक्ति दिने गरी ललिता निवासकाण्डलाई किनारा लगाउन खोजेको नेकपाले बताएको छ ।

नेकपाले अख्तियारले सरकार, सत्तारूढ पार्टीको दबाब र निर्देशनमा उन्मुक्ति दिएका राजनीतिक, न्यायिक, प्रशासनिक क्षेत्रका ललिता निवासका’ण्डका मुख्य अ’भियु’क्तलाई आफ्नो पार्टीले उचित समयमा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

सरकार र सरकारी पार्टीको अख्तियार र मुख्य अभियुक्त बचाउने भ्रष्ट र कमिसनखोर चरित्रका विरुद्ध उभिन सम्बन्धित सबै पक्षसँग अनुरोध समेत गरेको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेनुस बिज्ञप्ति 

२६ माघ २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको