हुन्डाईले उबरसँग मिलेर ल्यायो इलेक्ट्रिक एयर ट्याक्सी


पुस २४, काठमाडौँ । हुन्डाई मोटर कम्पनी र एप आधारित ट्याक्सी सेवा कम्पनी उबरले उड्ने कार बनाउनको लागि साझेदारी गरेको घोषणा गरेका छन् । कम्पनीले कन्ज्युमर इलेक्ट्रोनिक शो (सीईएस) २०२० मा एयरक्राफ्टको अवधारणा सार्वजनिक गरेको छ ।

उबरको यो हावामा उड्ने कार निर्माणको लागि हुन्डाईले मद्दत गरेको छ । सो कारको अवधारणा नासाबाट प्रेरित डिजाइनमा आधारित रहेको छ । सो कार सार्वजनिक रुपममा रिलिज गरिएको छ ताकि अन्य कम्पनीले पनि एयर ट्याक्सी मोडल र इन्जिनियरिङ प्रविधि विकास गर्न यसको प्रयोग गर्न सकुन् ।

उबरले सो एयर भेइकललाई एयरस्पेस सपोर्ट सर्भिस, ग्राउण्ड ट्रान्सपोर्टेसनसँग सम्पर्क र एरियल राइड शेयर नेटवर्कको लागि कस्टमर इन्टरफेस उपलब्ध गराउनेछ । सो कारको लागि दुबै कम्पनी मिलेर कार्य गरिरहेका छन् । हुन्डाईले उबरसँग मिलेर पर्सनल एयर भेइकल मोडल एस–११ मा काम गरिरहेको छ ।

सो एयरक्राफ्ट १ हजार देखि २ हजार फिटको उचाईमा २९० किलोमिटर प्रतिघन्टाको स्पिडमा १०० किलोमिटरसम्म उडाउन सकिन्छ । सो एयर भेइकल इलेक्ट्रिक हुनेछ र यो डिस्ट्रिब्युटेड इलेक्ट्रिक प्रोपल्शनको लागि उपयोग गरिनेछ ।

सो एयरक्राफ्ट चार्ज गर्नको लागि ५ देखि ७ मिनेटको समय लाग्नेछ । सो एयरक्राफ्टको लागि पहिला पाइलट हुनेछ भने पछि बिना पाइलटको हुनेछ । यसको क्याबिनमा ४ जना यात्रा गर्न सकिन्छ ।

२०७६ पुष २४,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको