एनबीआईमा नयाँ कार्यसमिति, अध्यक्षमा जोशी

एनबीआईको नयाँ कार्यसमिति

पुस २४, काठमाडौं । राष्ट्रिय व्यावसायिक पहलको अध्यक्षमा कुशकुमार जोशी छानिएका छन् ।

संघको १३ औं र वार्षिक साधारणसभाले जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । व्यवसायिक आचारसंहित, संस्थागत सामाजिक उत्तरदायित्व, सुशासन जस्ता बिधामा काम गर्दै आएको छ ।

संघको उपाध्यक्षमा सुकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रबीर मालाकार, कोषाध्यक्षमा दिपक मल्होत्रा चयन भएका छन् । यस्तै सचिवद्वयमा सुरेश प्रधान र गोपीकृष्ण न्यौपाने, सहकोषाध्ययक्षमा बिनायक शाह चयन भएको एनबीआईले जनाएको छ । कार्यसमिति सदस्यहरुमा सरोज प्रसाद पाण्डे, उमेश लाल श्रेष्ठ, राजेश खड्का, रविन्द्रमान सिंह, अरनिको राजभण्डारी, लता प्याकुरेल, डा. वविन पोखरेल, डा. राजेन्द्र घिसिङ्ग, मुकेश कुमार भट्टराई उपाध्याय, सुधिर मित्तल, खेम लकाई, होम नाथ उपाध्याय, अशोक वैद्य, रमेश महर्जन छानिएका छन् ।

सभाले बिधान संशोधन गरी संस्थालाई पुनसंरचना गर्दै सातैवटा प्रदेशमा समिति गठन गर्ने व्यवस्था गरेको जनाइएको छ ।

२४ पुष २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको