सल्यानमा फाेर्स गाडी दुर्घटना हुँदा १८ जना घाइते [नाम र ठेगानासहित]

दुर्घटनाग्रस्त फोर्स गाडी ।

पुस २४, सल्यान । सुर्खेतबाट जाजरकोटका लागि छुटेको हाइस फाेर्स गाडी सल्यानमा दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । घाइते मध्य पाँच जनाको अवस्था गम्भीर छ ।

बिहीबार बिहान सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रे बिहारको फोर्स गाडी छिन्चु-जाजरकोट सडक खण्डको बनगाड कुपिण्डे नगरपालिका -११ को बालुवा संग्रही नजिकै दुर्घटना भएकाे हाे ।

दुर्घटनामा गम्भीर घाइते हुनेमा चालक सुर्खेत भेरी गंगा नपा छिन्चुका वर्ष ३५ प्रकाश शर्मा, सुर्खेत भेरी गगा नपा ९ जरेको वर्ष ४९ का शान्त कुमार तिरुवा, शस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत बिनपा १२ का वर्ष ३० होम पंगाली, सल्यान बनगाड कुपिण्डे नगा १ का वर्ष १३ का अनिश बिस्वकर्मा, जाजरकोट छेडागाड नपा ९ जाजरकोट वर्ष २१ कि भगवती उपाध्याय रहेका छन् ।

अन्य घाइतेहरुमा सह चालक जाजरकोट छेडागाड नपा १ को वर्ष २१ को गोपाल वडा जाजरकोट सल्ल्माको वर्ष ४० का पदम रावत, सल्यान बनगाड कुपिण्डे नपा ३ का वर्ष ४५ का वडा सदस्य भिम बहादुर बुढाथोकी, सल्यान शारदा श्रीनगरका वर्ष ५१ का भुम ब बुढाथोकी, सल्यान शारदा नपा श्रीनगरका वर्ष ५१ का गौतम बुढाथोकी, आर्मी ज्वालादल गण बेश क्याम्प लमजुङका वर्ष २६ पुर्ण ब सुनार रहेका छन् ।

त्यसैगरी काठमाडौका अन्दाजी वर्ष ६२ का रजनी श्रेष्ठ, काठमाडौकै वर्ष ६२ अनिशा मान्नधर, सल्यान बनगाड कुपिण्डे नपा १ का वर्ष १५ का संदेश पुन, बनगाड कुपिण्डे नपा १ वर्ष ४० का गगा बिश्वकर्मा, जाजरकोट कुसे गाउपालिका ५ वर्ष २५ दल बहादुर रोका, रसुवा जिल्ला वर्ष २९ कि मालती आचार्य, रुकुम चौरजाहारी नपा ४ वर्ष ३१ को बिजय दर्लामी लगाएत छन् ।

घाइते सबैलाई उपचारको लागि नेपालगन्ज लगिएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । घाइतेमा ६ महिला २ वालक र १० जना पुरुष रहेका छन । तिब्र गतीका कारण गाडी दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । गाडी सडक भन्दा १५० मिटर तल खेतमा खसेको छ ।

२४ पुष २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको