बहादुर नेपालीको धमिलो व्यवहार


नेपालीहरुले सार्वजनिक ठाउँको सदुपयोग गरेर फाइदा लिनु भन्दा दुरुपयोग नै गरेको देखिन्छ । स्थानीय र अस्थायी रुपमा आजभोलि संसारभर छरिएर बसेका छौ । स्थाई भन्दा वैदेशिक रोजगारीको लागि कामको लागि बिदेशमा बसोबास गर्ने धेरै छौ । हामी जुन सुकै तरिकाले देश बाहिर बस्न, काम गर्न र घुम्न जाँदा गरिने ब्यबहारहरुले नै देशको प्रतिनिधित्व गरिरहेको हुन्छ र प्रस्तुत ब्यबहारले नै हाम्रो स्तर निर्धारण गरि रहेको हुन्छ ।

धमिलो ब्यबहारहरु

१. मानवीय सहयोगको लागि नेपालीहरु सहयोग क्रममा धेरै अघि छौ तर हामी सहयोग संकल्न गर्दा धेरै जस्तो स्थानीय कानुनको पालना गरि रहेका हुदैनौ र पारदर्शीलाई भन्दा आफनो ब्यक्तिगत प्रतिष्ठा र स्वार्थको लागि काम गरि रहेका हुन्छौ । जस्तै, नेपालमा धेरै बिपत्ति आउछन, त्यो अबस्थामा नेपालीहरु स्थानीय कानुनलाई छलेर सहयोग संकलन गरेको पाइन्छ तर अन्य मुलुकहरुले बैधानिक रुपले नै बितिय संस्था मार्फत सहयोग सकलन गरि रहेका हुन्छ ।

२. सार्वजनिक ठाउँमा हुने कार्यक्रम र भेटघाटमा स्थानीय कानुन बिपरित गरिने क्रियाकलापहरुले देशको प्रतिस्ठामा नै आच पुर्याई रहेको हुन्छ तर हामी कुन ठाउँ कसरी प्रस्तुत हुने भन्ने हेक्का सम्म राखेका हुदैनौ । यदि कसैले उक्त कार्य प्रती प्रश्न गर्यो वा सम्झाउने काम गर्यो भने उल्टै मर्द र नामर्दको बिल्ला बिराउने काम गरिन्छ । जस्तै, सार्बजनिक ठाउँमा स्थानीय कानुन बिपरित पेसिको बोतलमा रक्सी बोक्ने र पिउने प्रवृत्ति, समाजले पचाउनु नसक्ने अपसब्दको प्रयोग, अब्यबहारिक यौनक्रिडाहरु, ब्यक्तिगत स्वार्थको लागि गरिने कार्यहरुले गर्दा हामीले आफैले आफनो प्रतिस्ठाहरु गुमाई रहेका हुन्छौ ।

३. स्थानीय कानुनलाई छलेर नेपाली सघ/सस्थाले गर्ने कार्यक्रममा उपस्थिति हुने नेपाली “मपाईत्व” हुने अतिथिहरुले गर्दा पनि विवादहरु शृजना गर्ने हुनाले हामीले हाम्रो घुडामा आफै बन्चरो हानी रहेका हुन्छौ l जस्तै, मर्यादा क्रम खोज्ने संस्था प्रमुखहरु, बनभोज कार्यक्रममा रुमवाट नै फिठान भएर जाने सहभागीहरु, कार्यक्रम स्थलमा बियर, रक्सी र भुट्न बोकेर जाने र खाए पछि बहादुरी देखाउने सहभागीहरुको हर्कतले विवादहरु शृजना गरेर स्थानीय कानुनको नजरमा पर्ने काम आफै गरिरहेका हुन्छौ । साथै सार्वजनिक ठाउँमा जे गर्नु हुन्दैन, त्यहि गरिरहेका हुन्छौ, रमाइलोको लागि हो भनेर कहिले सोचेका हुदैनौ, त्यहाँ पनि आ-आफ्नो बहादुरी प्रस्तुत नगरी सुखै हुदैन । जस्ले गर्दा एक प्रकारको कलंकित प्रतिबिम्ब खडा गरेका हुन्छौ ।

४. बिदेशी भुमीमा नेपालको परिचय गराउने तरिका, आधुनिक प्रबिधिलाई सदुपयोग गर्नु भन्दा झुन्ड झुन्डमा गरिने हल्लाले हाम्रो पहिचान आफैले धमिलो वनाई रहेका हुन्छौ । जस्तै, नेपाल भ्रमण-२०२० को प्रचार प्रसारको वैदेशिक रोजगारमा जाने एक मजदुरलाई लोगो सहितको वस्त्र पहिरिनु लाएर नेपाल भ्रमण प्रचार गर्नु एक प्रकार बेकुफीपन हो । आफ्नो परिचय दिनु नसक्ने श्रमिकले कसरी नेपालको परिचय दिन सक्छ ? ५०/६० जना नेपाली भेला भएर आफ्नो समुदाय भित्र नै लोगो प्रयोग गरिएको कपडा लाउदैमा र उक्त फोटो आफुले प्रयोग गरेको समाजिक सजालमा प्रयोग गर्दैमा बिदेशी पाहुनाहरु नेपाल जादैन्न । भर्खर मात्र पर्यटन मन्त्री स्वय उपस्थित भएको अस्ट्रेलियाको कार्यक्रममा स्थानीय प्रशासनले लगाएको रोकले हाम्रो तयारी बारे प्रष्ट पारी दिएको छ । आफैमा प्राकृतिक प्रकोपले आक्रन्त भएको मुलुकमा त्यहाँ बसोबास गर्ने नेपालीहरु ‘ल अफ अडर’ के हो ? यस बारेको ज्ञान सुन्य नै रहेछ भन्ने प्रमाणीत गरेका छ्न । जस्ले देशको प्रतिबिम्ब प्रस्तुत गरि दिएको छ ।

५. यात्राको क्रममा हवाई जहाजमा सेल्फी खिच्दैमा, लटरपटर अग्रेजी बोल्दैमा, आधुनिक फेसन पहिरिन्दैमा, पद, प्रनोसन र बोनसको लागि नोकरीमा चम्चा गिरि गर्दैमा देशको सान बड्दैन । साधारण हुँदै जुन सुकै कामको सम्मान र सीप हासिल गरेर कुनै पनि क्षेत्रमा स्थापित भएर काम गर्न नसक्ने तर काम र देशको आधारमा एक अर्कामा होच्याउने प्रबृत्ति आदिले गर्दा पनि देशको प्रतिबिम्ब झल्की रहेको हुन्छ ।

आफुलाई आफैले चिनाउनु पर्छ । अरुले चिनाएको भरमा ‘मपाईत्व’ खोज्नु भनेको चियाडा घरमा सुसजित बाघ जस्तै हो । ताजा मासुको नाममा आफै मरेको मासु पनि आहारा बन्न सक्छ तर व्यबहार चाहिँ मुख “आ” बनाए घुर-घुर गर्नु जस्तै हो ।

नेपालीको अर्को महान विशेषता भनेको, कुनै पनि कार्यक्रमको निधारित समय भन्दा २ घन्टा ढिलो पुग्छ तर रक्सी र सितन पायो भने १२ बजे राती मात्र घर पुग्छ । जो ब्यक्तीले साहुको ८ घन्टे समयको राम्ररी बुझेको हुन्छ ।

२०७६ पुष २४,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको