गगनको गर्जन: ‘लुते र कायर प्रधानमन्त्री भएर सुचना बिधेयक आयो’ (फोटो-भिडियो)

पुस २३, काठमाडौं । सरकारले ल्याएको सूचना प्रविधि विधेयकबारे नेपाली कांग्रेसका नेता गगन थापाले स्वतन्त्र अभिव्यक्ति बिपरित भएको जनाएका छन् । उक्त बिधेयकका बिरुद्द आफूहरु सडकदेखि सदनसम्म छलफल गर्न तयार रहेको बताए ।

नेपाल विद्यार्थी संघको माइतिघर मण्डलामा भएको बिरोध सभालाई सम्बोधन गर्दै बिहिबार थापाले प्रधानमन्त्रीले लुते भएर यो बिधेयक ल्याएको बताए, उनले भने ‘प्रधानमन्त्री लुते भएर यो विधेयक आएको छ, कायर भएर यो बिधेयक ल्याइएको हो । काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन, सामाजिक सञ्जालमा आएको गालीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोज्नुभयो’।

विधेयक जस्ताको तस्तै पारित भयो भने सरकार र सत्तारुढ पार्टीको गुणगान गाउनेहरु मात्र टिक्ने थापाले जिकिर गरे । ‘विधेयक जस्ताको तस्तै पारित भयो भने ‘श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन् ।’

यो विधेयकका विरोधमा आफूहरु संसदमा लडिरहेको भन्दै उनले बहुमतले पारित हुन सक्ने भन्दै सडकबाट पनि दबाब दिन आग्रह गरे । ‘संख्यात्मक हिसाबले हामी कम छौं, हामीले मात्र चाहेर रोक्न सक्दैनौं, अंकगणित उनीहरुको छ, बहुमतले पारित गर्न सक्छन्, सडकको साथ चाहियो’ उनले भने ।

भिडियो:

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक नपढी गरिएको टिप्पणी गरिएको भनी दिएको सार्वजनिक अभिव्यक्तिको विरोध गर्दै थापाले विधेयकमाथि बहस गर्न चुनौती दिए । ‘मन्त्रीज्यूलाई भन्न चाहन्छु छलफल गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघरमा गर्ने हो ? हामी तयार छौं’ उनले सञ्चारमन्त्रीकै शैलीमा भने ‘नपढी आयो भनेर हामीलाई हेप्नी ?’

सरकारले ल्याएको विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले बिहिबार माइतिघरमा विरोध कार्यक्रम गरेको थियो ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस