गरिमा विकास बैंकको मुर्गिया शाखा सञ्चालनमा

गरिमा विकास बैंक

पुस २४, रुपन्देही । गरिमा विकास बैंक लिमिटेडले रुपन्देहीको मुर्गियामा बुधबार शाखा कार्यालय विस्तार गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४, मुर्गियामा नयाँ शाखा विस्तार गरेको हो ।

शाखाको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रकान्त बरालले औधोगिक तथा व्यवसायिक विकासमा राम्रो सम्भावना बोकेको रुपन्देहीको मुर्गियास्थित शाखा कार्यालयले त्यस क्षेत्रको पूँजी परिचालन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले आधुनिक सुविधासहित स्थापना गरिएको मुर्गिया शाखाबाट ग्राहकहरुले सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्ने बताए ।

२०७६ पुष २४,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको