पुस २४, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पश्चिमी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।
पश्चिमी वायूको प्रभावस्वरुप सामान्य वर्षादेखि हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ । आज राति देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदलि रही पश्चिमका एक-दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
देशका मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
पुस २४ गते बिहीबार
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा मध्यमदेखि भारीसम्म हिमपात हुने सम्भावना छ।
राति : देशका मध्य तथा पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमका भूभागमा आंशिक बदली रही पश्चिमका एक-दुई स्थानमा साथै मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। देशका मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
पुस २५ गते शुक्रबार
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
पुस २६ गते शनिबार
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
राति : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेकोले जाडो बढ्ने हुँदा चिसोबाट जोगिने उपाय अपनाउनुका साथै यात्रा गर्दा सावधानी अपनाउनुहुन सबैमा अनुरोध छ ।
प्रतिक्रिया दिनुहोस