दाङका नाथले हराएको साढे ७ लाख नगद पाए


मङ्सिर २३, दाङ । बाँके प्रहरीको मेहनतले दाङका एक व्यक्तिले हराएको साढे ७ लाख नगद प्राप्त गरेका छन् ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. ५ धर्नाका ५४ बर्षीय दत्तबहादुर नाथले बाँकेमा सोमवार ७ लाख ४० हजार नगद हराएका थिए ।

नाथ भारतवाट मजदुरी गरि घर फर्किने क्रममा सोमबार विहान साढे १० बजेतिर नेपालगञ्ज आएर पुष्पलाल चोकदेखि कारकाँदो चोकसम्म अटो रिक्सा चढेका थिए ।

नाथले रकमसहितको झोला अटो रिक्सामा भुलेका थिए । त्यो कुरा नाथले जिल्ला प्रहरी कार्यालय बाँकेको पैंशा नलाग्ने १०० नम्वरमा डायल गरि अवगत गराएपछि जिल्ला प्रहरी कार्यालय बाँकेवाट प्रहरी निरिक्षक इश्वरदेव गिरीको कमाण्डमा प्रहरी टोली अनुसन्धानका लागि खटिएको थियो ।

गिरी सहितको प्रहरी टोलीले सिसी टिभीको फूटेज निकालेर अनुसन्धान गरेपछि भे १ ह ५०१९ नम्वरको अटो रिक्सामा नाथ चढेको खुलेको थियो ।

त्यो अटो रिक्सा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ का देवराज बर्माको भएको पत्ता लगाएपछि प्रहरीले उनको घरमै गएर ७ लाख ४० हजार रकमसहितको झोला ल्याएर नाथलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।

हराएको रकमसहतिको झोला जस्ताको त्यस्तै पाउँदा नाथ खुसी भएको एसपी रानाले बताए ।

त्यस्तै प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ३ की राधिका बिकले मंसिर १० गते झोलासहित हराएको नगद ४ लाख रकमपनि फेला पारेर दिएको छ ।

बेलुका साढे चार बजे दमरा भन्ने ठाउँवाट बानियाभारसम्म जानका लागि बस चढेकी बिधले ओर्लिदा आफ्नो झोला लिन भुलेकी थिइन ।

राधिकालाई आफु चढेको बसको नम्वर थाहाँ थिएन । उनले टिकट पनि लिएकी थिइनन् ।

पैंशा हराएकै दिन उनले पनि १०० मा फोन गरी बसमा आफ्नो ४ लाख हराएको जानकारी दिएकी थिइन । उनले वडा प्रहरी कार्यालय नेपालगञ्जमा गएर निवेदनपनि दिएकी थिइन ।

घटना अनुसन्धान गर्न वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोली खटाइयो । त्यो टोलीले सिसी टिभीका फूटेजहरु अनुसन्धान गरेपछि बस पहिचान गर्न प्रहरी सफल भएको थियो ।

त्यसपछि झन्डै ३ दिनको मेहनत पछि बस र पैंशा पत्ता लागेको एसपी रानाले बताए ।

१० गते ४ लाख नगद हराएकी राधिकालाई प्रहरीले मंसिर १५ गते उक्त रकम हस्तान्तरण गरेको एसपी रानाले जानकारी दिए ।

२३ मंसिर २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको