घर फर्किने तयारीमा रहेका सल्यानका युवाको मलेसियामा मृत्यु


मंसिर २३, सल्यान । राेजगारकाे लागि मलेसिया गएका सल्यानका एक युवाकाे ज्यान गएकाे छ ।

सल्यान बागचाैर नगरपालिका ७ काेटबारा सानापाेखरा निवासी अन्दाजी २७ वर्षका ज्ञान बहादुर खड्काकाे मलेसियामा सडक दुर्घटनामा परेर मृ त्यु भएकाे हाे ।

आइतबार साँझ उनकाे मलेसिया स्थित बातुकेभ भन्ने ठाउँमा गाडीले ठक्कर दिँदा ज्यान गएकाे उनका साथीहरुले जानकारी दिएका छन् ।

उनकाे शव अहिले अस्पतालमा राखिएकाे छ भने कम्पनीले कानुनी कागज प्रक्रिया मिलाउदै गरेकाे बताइएकाे छ ।

खड्का विगत ६ वर्ष अगाडी राेजगारकाे लागि मलेसिया पुगेका थिए । उनकाे घरमा श्रीमती, एक छाेरी र छाेरा रहेका छन् । उनि काम सकेर घर फर्कन एक महिना मात्रै बाँकी थियाे ।

२३ मंसिर २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको