रोल्पाका एक पुरुषको कोरोना संक्रमणबाट बाँकेमा मृत्यु


कात्तिक २३, बाँके । रोल्पाका एक जना ५६ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

जिल्लाको रोल्पा  नगरपालिका वडा नं. ४ का ती पुरुषको गएराति १२ : १० मा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनलाई कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी बिगत एक वर्षदेखि जन्डिसको विरामी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मृतकको शवको व्यवस्थापन बाँकेमै गर्ने तयारी गरिएको छ ।

यो सँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । जसमा ३५ जना बाँकेका र २९ जना बाहिरी जिल्लाबाट उपचारका लागि गएकाहरू रहेकोबताइएको छ ।

२०७७ कार्तिक २३,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको