असोज २२, सल्यान । कपुरकोट गाउँपालिकाले दुई जना स्वास्थ्यकर्मीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
गाउँपालिका स्तरिय वार्षिक समिक्षाको अवसरमा विहिबार उत्कृष्ट स्वास्थय सेवा प्रवाह गर्ने दुई जना स्वास्थयकर्मी सम्मानित भएका हुन् । गर्पा स्वास्थ्य चौकीमा कार्यरत अनमी गिता रिजजाल र रिम स्वास्थ्य चौकीमा कार्यरत अहेब टिकाराम न्यौपानेलाई जनही तीनि तीन हजार रुपैयाँ र सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको स्वास्थय संयोजक अरुण दाहालले जानकारि दिए । स्वास्थ्य सुसाशन एवम् गुणस्तर सुनिश्चीतता तथा अनुगमन समितीको निर्णय अनुसार सम्मान गरिएको हो ।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले गुणस्तरिय र जनमुखी स्वास्थ्य सेवा प्रदान गर्नु आफप्नो गाउँपालिकाको उद्देश्य रहेको बताए ।
उनले पछील्लो समय स्वास्थय क्षेत्रको पूर्वाधार तथा जनशक्ति ब्यवस्थापनमा लगानी गरिएको जनाउँदै यसले विस्तारै राम्रो प्रतिफल दिदै गएकोमा खुसी ब्यक्त गरे । आगामी दिनहरुमा अन्य उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मीहरुलाइ पनि सम्मान गरिने अध्यक्ष सेनले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले स्वस्थ नागरिक उत्पादन गर्न सकिएन भने समृद्धी हाँसिल गर्न नसकिने भएकाले यस क्षेत्रको विकासमा सबै जिम्मेवार बन्नुपर्ने धारणा राखिन् ।
बुधबार र विहिबार गरेर दुई दिन सम्म चलेको समिक्षा गोष्ठीमा कपुरकोट गाउँपालिका भित्र रहेका ४ वटा स्वास्थय चौकी, दुई वटा आधारभुत स्वास्थ्य केन्द्र र एउटा आयुर्वेदका प्रमुखहरुले आआफ्नो प्रस्तुती राखेका थिए ।
यस्तै स्वास्थ्य सेवा कार्यालय सल्यान, सुआहाररा सल्यान र स्वास्थ्यका लागि सक्षम प्रणालीको तर्फबाट पनि प्रस्कुतीकरण भएको स्वास्थ्य संयोजक दाहालले जनाए ।
कार्यक्रममा ६ वटै वडाका वडाध्यक्षहरु, स्वास्थ्य सेवा कार्यालयका प्रमुख दशरथ श्रेष्ठ, स्वास्थ्यका लागि सक्षम प्रणालीका हरिला ढकाल, किशोरजंग शाह, सुआहाराका ओम प्रकाश विश्वकर्मा र तोरण बुढाथोकी लगाएतको सहभागीति थियो । कार्यक्रमको सहजीकरण शंकर केसीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस