रोल्पाको दार्बोटमा शहीदस्मृति प्रवेश द्धार


असोज २२, रोल्पा । रोल्पा नगरपालिका–६ कोटगाउँको दार्बोटमा निर्माण भएको शहीद स्मृति प्रवेशद्धारको उद्घाटन गरिएको छ ।

नगर प्रमुख पूर्ण केसीले बुधबार शहीद स्मृति प्रवेश द्धारको उदघाटन गरेका हुन् । रोल्पा नगरपालिकाको आर्थिक सहयोगमा निर्मित उक्त गेट स्थानीय उपभोक्ताको जिम्मेवारीमा बनाईएको हो ।

रोल्पा नगरपालिकामा रहेका शहीदहरुको संझनामा नगरका महत्वपूर्ण स्थानमा द्धार निर्माण गरिएको नगर प्रमुख केसीले बताए ।

रोल्पाको सुनिल स्मृति र नगरपालिकाको सिमानामा रहेको वडा नम्बर ३ खुमेलको सिमानामा पनि यसै प्रकारको शहीद स्मृति गेट निर्माण गरिएको छ । उता जलजला क्षेत्रमा पनि शहीद स्तम्भ जर्गेनाका कार्यक्रमहरु तय भएका छन् ।

पुर्व, पश्चिम, उत्तर र दक्षिणका सबै सिमानाहरुमा कुनै न कुनै प्रकारका विकासका योजनाहरु ल्याईने नगर प्रमुख केसीको भनाई छ ।

दार्बोटमा निर्माण गरिएको शहीदगेटको भने आकृति सुन्दर र भिन्न रहेको छ । तीनकुने द्धारका रुपमा रहेको शहीदगेटको शिरमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ भने नगरपालिकाभित्र राज्य र बिद्रोहीद्धारा मारिएका १ सय २८ जना शहिदहरुको नामाकरण
गरिएको शिलालेख टाँसिएको छ ।

दार्बोट त्रिवेणी गाउँपालिका र रोल्पा नगरपालिकाको सिमाना नजिकै रहेको स्थान भएकाले पनि यो महत्वपूर्ण रहेको छ ।

स्थानीय उपभोक्ताले १७ लाख बढी रकम लागेको बताएका छन । यस्तै नगरपालिकाले ११ लाख रुपैंया निर्माण उपभोक्तालाई प्रदान गरेको छ ।

२२ आश्विन २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको