रुकुमकोटमा पहिलो बसपार्क उद्घाटन

रुकुमकोट बजारलाई स्मार्ट शहरको रूपमा विकास गरिने


असोज २२, रुकुम । सिस्ने गाउँपालिकाले निर्माण गरेको रुकुमकोट बसपार्क उद्घाटन गरिएको छ ।

रुकुमकोटमा कुनै पनि बसपार्क नभएपछि सिस्ने गाउँपालिकाले दुई आर्थिक वर्षको बजेटले निर्माण गरेको रुकुमकोट बसपार्क निर्माण भएपछि बिहीवार बिहीवार प्रतिनिधिसभा सदस्य कमला रोका मगरले उद्घाटन गरेकी हुन् ।

बसपार्क उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य रोकाले गाडी पार्किङ अस्तव्यस्त भइरहेको समस्यलाई मध्यनजर गरेर सिस्ने गाउँपालिकाले बसपार्क निर्माण गरेको र बसपार्क निर्माणको लागि जग्गा दान गर्नु हुने स्थानीयलाई धन्यवाद दिईन ।

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला एवं नयाँ जिल्ला भएकोले विकास निर्माणका साथै व्यवस्थित शहर विकासका काम पनि शुरुवाती चरणमा अघि बढी रहेको उल्लेख गर्दै भनिन-‘रुकुमकोट बजारलाई संघीय सरकारकै अवधारणा अनुसार स्मार्ट शहरको रूपमा विकास गरिन लागिएको छ ।’

रुकुमपूर्वमै पहिलो पटक सिस्ने गाउँपालिकाले बसपार्क निर्माण गरेको हो । जथाभाबी गाडी पार्किङ हुँदा दुर्घटना हुन सक्ने र बसपार्क नहुँदा यात्रु तथा सवारी चालकहरूले सास्ती पाएपछि गाउँपालिकाले बसपार्क निर्माण गरेको गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताइन ।

रुकुमकोट बसपार्क सिस्ने–५ काजिन्दा भन्ने स्थानमा निर्माण गरिएको छ । स्थानीय इन्द्रबहादुर सुनार, रामेश्वर सुनार र चित्रबहादुर सुनारले बसपार्क निर्माणको लागि आवश्यक पर्ने ५१ वर्ग मिटर क्षेत्रफलको जग्गा दान गरेका हुन् ।

बसपार्कको लागि उनीहरूले उपलब्ध गरेका जग्गामा सिस्ने गाउँपालिकाले दुई आर्थिक वर्षको ४० लाख रुपैयाँले बसपार्कसहित शौचालय, टिकट काउन्टर घर निर्माण गरेको हो ।

२२ आश्विन २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको