असोज २२, दाङ । दाङ प्रहरीले एक किलो अ’वैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दुई जना घोराही दाङका र एक जना बुटवलका छन् । उनीहरूलाई प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार मध्यान्हतिर दाङको लमही नगरपालिका वडा नं. ९ अमिलिया बजार क्षेत्रबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले विशेष सूचनाका आधारमा जुत्तामा लुकाएर ल्याउँदै गरेको सुन जस्तो पहेंलो धातुसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
बिस्कुट जस्तै बनाएर जुत्तामुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा ५/५ सय ग्रामको सुन जस्तै देखिने धातु प्रहरीले उनीहरूबाट बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस