आज साउदी, दुबई, मेसिया, कतार लगायत देशको पैसाको मूल्य कति छ ? हेर्नुस


असोज २२, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (असोज २२) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८० पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३० पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा रहेको छ ।

हेर्नुहोस विवरण

 

२०७७ आश्विन २२,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको