भालुबाङको भाग्य चम्कियो


असोज २२, काठमाडौं । वर्षैंदेखि पुर्जा विहीन भालुबाङले कहिले पनि प्रदेशको स्थायी राजधानीको परिकल्पना गरेको थियो। पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माणका क्रममा मजदुरहरूले त्रिपाल टाँगेर बस्ती विकास भएको ‘अस्थायी भालुबाङ’ को चिन्तन एउटा मात्रै थियो ‘स्थायी लालपुर्जा’। लामो समयदेखिको अथक प्रयासका बाबजुत लालपुर्जा हात नपर्नुले भालुबाङलाई जहिल्यै ‘अभागी’ महशुस गरायो। तर, त्यहीँ ‘अभागी’ अस्थायी भालुबाङ मंगलबार भाग्यमानी सावित भयो।

प्रादेशिक राजधानीको प्रमुख हिस्सेदार (केन्द्र) बनेको भालुबाङले पाएको यो अमूल्य हिस्सा उसकै लागि ‘अकल्पनीय’ बन्यो। ‘बस्तीको लालपुर्जासम्म पाउन नसकेको भालुबाङले प्रादेशिक राजधानी पाउला भन्ने त कल्पनाभन्दा बाहिरको कुरा थियो,’ स्थानीय ताराबहादुर डाँगी भने, ‘यो अनुपम उपहार भालुबाङका लागि अकल्पनीय नै हो।’

पहिलो प्रतिनिधिसभा÷प्रदेशसभाको निर्वाचनको समयमा जिल्लाका अन्य भेगमा जस्तै भालुबाङमा ‘दाङ राजधानी’ को नारा प्रमुख चुनावी अजेण्डाका रूपमा घन्कीयो। आँफूलाई भेगीय रूपमा उपेक्षित महशुस गर्दै आएको भालुबाङले त्यो बेलाको नारामा उल्लेख भएको ‘राजधानी’लाई आँफूसँग प्रत्यक्ष रूपमा जोडेर हेर्न सकेन। ‘दाङ उपत्यका दक्षिण एशियाकै ठूलो उपत्यका रहेकाले राधजानी भइहाले पनि त्यहीँ उपत्यकामा बस्छ भन्नेमा हामीहरु ढुक्क थियौँ।’ ताराले भने, ‘निर्वाचन पश्चात् दाङ राजधानीका पक्षमा भालुबाङमा पनि आगो बल्यो। दाङको घोराही, तुलसीपुरको आन्दोलन जस्तै भालुबाङले पनि पूर्वी सीमा क्षेत्रमा ठूलो शक्ति देखायो। तर साविक लुम्बीनी अञ्चलको सीमा क्षेत्रमा शक्ति प्रदर्र्शन गरेको भालुबाङलाई त्यो बेला पनि राजधानी केन्द्रको अपेक्षा थिएन।’

‘केवल दाङ राधजानी बन्नुपर्छ भन्ने मात्रै हाम्र्रो आन्दोलनको मुल लक्ष थियो,’ अर्का स्थानीय होमप्रसाद शर्मा भने, ‘तर दाङ राजधानीको नारा लगाएका हामीले भालुबाङको निहीत स्वार्थसँग त्यो आन्दोलनलाई जोडेनौँ, किनकी राजधानीको समपना देख्ने सामाथ्र्य भालुबाङले राख्न सक्दैनथ्यो।’ अस्थायी मुकाम बुटवल तोकिएपछि सम्भावित स्थायी राजधानीका बारेमा चर्चा चल्न थाले। यो चर्चाले भालुबाङलाई जुर्मुराइदियो।

लामो समयदेखिको अथक प्रयासका बाबजुत लालपुर्जा हात नपर्नुले भालुबाङलाई जहिल्यै ‘अभागी’ महशुस गरायो। तर, त्यहीँ ‘अभागी’ अस्थायी भालुबाङ मंगलबार भाग्यमानी सावित भयो।

कारण त्यो बेला स्थायी राजधानीको सम्भावित राजधानीको केन्द्रका रूपमा भालुबाङको नाम चल्न सुरु भयो। ‘सम्भावित स्थायी राजधानीको केन्द्रका रूपमा भालुबाङको नाम पनि सुनिन थालेपछि एक प्रकारको अपेक्षा जाग्न थाल्यो,’ होमप्रसादले भने, ‘तर ढुक्क भने हुने वातावरण थिएन।’ भालुबाङ यो बेला पनि नाम चलन सुरु भए पनि दाङ राजधानी घोषणा भएको खण्डमा घोराही, तुलसीपुर क्षेत्रमै पुग्ने मनोबिज्ञानमा थियो। ‘

भालुबाङले किन आँफूलाई उपेक्षित महशुस गर्दै आयो ? यसको प्रमुख कारण चार दशकदेखि अस्थायी पुर्जाका आधारमा ठडिएको भालुबाङले स्थायी पुर्जाका लागि राजनीतिक सहयोग पाउन नसकेको गुनासो गर्छ। दाङको पूर्वी सीमा क्षेत्रका रूपमा रहेको भालुबाङले जहिल्यै एक्लो महशुस ग¥यो। ‘यो क्षेत्रले राष्ट्रिय राजनीतिमा पहुँच राख्न सक्ने नेतृत्व पाउन सकेन, अतः राष्ट्रिय स्तरसम्म यो ठाउँले आँफूलाई सुनाउन पाएन,’ भालुबाङस्थित राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोखरेलले भने, ‘यहाँको राजनीतिक नेतृत्वले यहाँको आवाज राष्ट्रिस्तरमा राख्नसक्ने सामथ्र्य राख्न सक्दैनथ्यो।’ फलतः वर्षौँदेखि स्थायी पुर्जाको अपेक्षामा रहेको भालुबाङको अपेक्षा पूरा हुन नसेको तर्क उनको छ।

३१ बिगाह क्षेत्रफलमा रहेको राजधानीको केन्द्र भालुबाङमा दई हजार पाँच सय घरधुरीको बसाइँ पुर्जा विहीन छ। यो जमिन सबै राष्ट्रि वनको नाममा छ। स्थायी पुर्जा नपाउँदा निराश भालुबाङवासी अहिले स्थायी राजधानीको केन्द्र बन्दा हर्षित छ। स्थायी राजधानीको केन्द्र भालुबाङ तत्कालै आफ्नै क्षेत्रमा प्रदेशको प्रशासनिक केन्द्र ( राजधानी) सञ्चालन होओस् भन्ने पक्षमा मात्रै छैन, तत्कालै राजधानी थेग्ने भौतिक पूर्वाधारको बन्दोबस्ती गर्न सक्ने सामाथ्र्य समेत रहेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए। ‘हामीसँग तत्कालै राजधानी सञ्चालन गर्न सक्ने भौतिक पूर्वाधा अहिले पनि छन्,’ उनले भने, ‘प्रदेश राजधानी सञ्चालनका भौतिक पूर्वाधारका कारण पर्खनु पर्ने अवस्था छैन।’ यहाँ रहेको राप्ती प्राविधिक शिक्षालयका भौतिक पूर्वाधारले राजधानी सञ्चालनको भार थेग्न सक्ने गाउँपालिका अध्यक्ष सुवेदीको दाबी छ। यो समाचार आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले लेखेका छन् ।

 

२०७७ आश्विन २२,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको