दर्शकको मन जित्दै हाँस्य टेलिसिरियल ‘बाल भो’ (भिडियोसहित)


असार २३, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण केहि महिना यता विश्व नै आक्रान्त छ । २ सय भन्दा बढी देशमा फैलिएको यो भाइरसको हरेक क्षेत्र प्रभावित बनेको छ । यो भाइरसबाट नेपाल पनि प्रभावित बनेको छ । नेपालमा हालसम्म १६ हजारभन्दा बढीमा यो भाइरसको संक्रमण देखिएको छ भने ३५ जनाले ज्यान समेत गुमाइसकेका छन् ।

यहि भाइरसका कारण नेपालमा चैत ११ देखि लकडाउन हुँदै आएको छ । जसका कारण हरेक क्षेत्र सुनसान छ । यसबाट कला क्षेत्र पनि अछुतो रहन सकेको छैन । पछिल्लो केही महिना यता नेपाली मनोरञ्जनको दुनियाँ सुनसान जस्तै रह्यो । युट्युबमा दर्शकको राम्रो साथ पाएका हाँस्य शृङ्खला देखी अन्य नियमित शो हरू पनि प्रभावित भए ।

लकडाउनले छायाङ्कनदेखी अन्य काम गर्न नपाउँदा प्रसारण रोकिएको ‘बाङ्गो टिङ्गो’लाई थाती राख्दै यस टिमले भने नयाँ हाँस्य टेलिसिरियल ‘बाल भो’ सिरिजको प्रसारण सुरु गरेको छ । ए.के. स्टुडियो एण्ड फिल्मसले सम्पादन गरेको उक्त वेबसिरिज एग्रो मेडिया प्रा.लिले निर्माण गरेको छ । यसको छायांकन सुशिल पाण्डेले गरेका हुन भने निर्देशन पनी सुशिल पाण्डे (क्रमश) ले गरेका छन् ।

समाजका विभिन्न पाटोहरूलाई समेटेर हाँस्य रसका साथ प्रसारण हुने यस सिरिज अब पहिला झैँ नियमित प्रसारण गर्ने योजना रहेको सुशील पाण्डेले बताएको छ । ‘बाल भो’ को ३ भाग युट्युबमा हेर्न सकिन्छ ।

यस सिरिजमा अर्जुन खनाल, सुशिल पाण्डे, गणेश कंडेल, प्रमिला खत्री र अश्मिता दाहालको मूख्य भूमिका रहेको छ । ‘बाल भो ’को यस अङ्कमा महिलामाथि हुने दुर्व्यवहार र हिंसालाई विषयवस्तु बनाइएको छ ।
पुरा भिडियो हेर्नुहोस्

 

२०७७ असार २४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको