प्रदेश सरकारको राहत कोषमा ग्लोबल आइएमईको १० लाख सहयोग


असार २४, जनकपुरधाम । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहतकोषमा ग्लोबल आइएमई बैंकले १० लाख सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका प्रतिनिधिले आज उक्त रकम बराबरको चेक हस्तानान्तरण गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिष मिश्रले जानकारी दिए ।

प्रदेश सरकारले सञ्चालन गरेको सो कोषमा विभिन्न बैंकका साथै केही सामाजिक संस्था र उद्योगपतिहरुले सहयोग रकम उपलब्ध गराउँदै आइरहेका छन् । रासस

२०७७ असार २४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको