नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि


असार २४, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा हालसम्म ७ हजार ७५२ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २५३ संक्रमण मुक्त भएका छन् ।
देशभर २५ हजार ४० जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६२६ जना आइसोलेसनमा रहेका छन् । हाल २५ वटा प्रयोगशालाबाट कोरोना परिक्षण भइरहेको छ ।

२०७७ असार २४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको