कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि


जेठ २६, सुर्खेत | कर्णाली प्रदेशमा सोमबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६ सय ५७ पुगेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आज थप १६ जनामा कोरोना संक्रमण पृष्टी भएको हो ।

आइतबार मात्रै कर्णालीमा ५४ जनामा कोरोना संक्रमण पृष्टी भएको थियो । प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार सल्यानमा थप १०, दैलेखमा ५ र सुर्खेतमा १ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

कर्णालीमा हालसम्म सबैभन्दा बढी दैलेखमा ३ सय ६० जनामा कोरोना संक्रमण भएको छ । भने हालसम्म कर्णालीमा ७ जना कोरोना संक्रमित निको भएर घर पर्किएका छन् । सुर्खेत, दैलेख र डोल्पामा एक-एक जना नागरिक कोरोनाबाट मृत्यु भएको छ।

२०७७ जेष्ठ २६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको