जेष्ठ २६, रोल्पा । रोल्पा त्रिबेणी गाउँपालिका ७ मा बम विस्फोटमा परि मृत्यु भएका ४ बालबालिकाका पिडित परिवारलाई उचित न्यायका लागि भन्दै संघर्ष समितिद्वारा संघर्षका कार्यक्रम घोषणा गरेका छन् । अहिले सम्म पिडितलाई उचित न्याय नमिलेको भन्दै संघर्ष समितिका संयोजक कृष्ण कुमार नेपालीको हस्ताक्षरमा जारि ज्ञापनपत्रमा ४ बुँदे माग समेत पेश गरिएको छ ।
त्रिबेणी गाउँपालिकालाई बुझाइएको उक्त ज्ञापनपत्रको बोधार्थमा जिल्ला प्रशासन कार्यलय लिबाङ-रोल्पा, मुख्यमन्त्रीको कार्यलय प्रदेश – ५ बुटवल, गृह-मन्त्रालय सिंहदरबार, काठमान्डौलाई राखिएको छ ।
ज्ञापनपत्रमा चारै जना मृतक बालबालिकालाई बाल शहिद घोषणा गर्न माग गरिएको छ । त्यसैगरी पिडित परिवारलाई अन्य शहिद परिवारले पाए सरहको सेवा सुबिधा तथा उचित क्षेतिपूर्तिको माग गरिएको छ । घटनाको सत्य तथ्यलाई छानविन गरि दोषीलाई कारबाहीको माग गर्नुका साथै गाउँपालिकाको सार्बजानिक स्थलमा चारै जना मृतक बालबालिकाको फोटो सहित शहिद स्मारक निर्माणका लागि माग गरिएको छ ।
पीडितलाई न्याय दिलाउन मिति तोकेर संघर्षका कार्यक्रमहरु संघर्ष समितिले तय गरेको छ, जस अनुरुप जेष्ठ २५ गते ज्ञापनपत्र बुझाउने, जेष्ठ २७ गते धर्ना जुलुस गर्ने, जेष्ठ ३० गते कार्यालय तालाबन्दी गर्ने, असार 0५ गते अनशन बस्ने कार्यक्रम रहेको संघर्ष समितिले जनाएको छ ।
त्रिबेणी गाउँपालिका ७ मैतेकाटीना उर्जिखोलामा गत बैशाख १८ गते साँझ बम बिस्फोटको घटना भएको थियो । उक्त घटनामापरि १३ बर्षिय गौरव नेपाली, ५ बर्षिय बिजय खत्री, ११ बर्षिया बिमला खत्री, र १४ बर्षिय नोखिराम डाँगीको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस